स्याङ्जा / प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचनअन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा किरियापुत्रीले मतदान गरेका छन् ।
बाबुको किरिया बसिरहेका चन्द्रकान्त अर्याल र उनकी श्रीमती सुमित्रा पोख्रेल अर्यालले जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालय मतदानस्थलमा पुगेर मतदान गरेका हुन् ।
मतदानपछि अर्यालले मताधिकार प्रयोग गर्नु कर्तव्य ठानेर आएको बताए ।





