शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङ्जा–२ मा रास्वपाका झविलाल डुम्रे विजयी

स्याङ्जा–२ मा रास्वपाका झविलाल डुम्रे विजयी


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २४ २०८२, आइतबार

स्याङ्जा / स्याङजा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका झविलाल डुम्रे निर्वाचित भएका छन । उनले २५ हजार ३५४ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भागवतप्रकाश मल्लले २० हजार ८ सय ३० मत ल्याए । नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याएर तेस्रो भए भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रेशम विश्वकर्माले ८ सय ४८ पाए ।

त्यस निर्वाचन क्षेत्रमा एक लाख १७ हजार ९३० मतदाता रहेकोमा ६४ हजार ९२८ मत खसेको थियो । खसेको मतमध्ये ६२ हजार २ सय ६६ मत सदर र २ हजार ६ सय ६२ मत बदर भएको थियो । यहाँ १० दल र दुई स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा थिए । डुमे यसअघि आफ्नै व्यापार–व्यवसायमा सक्रिय थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->