पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले बाह्रौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी त्रित्राङ्गत बरालले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घघाटन गरेका थिए । सो अवसरमा बोल्दै सहायक प्रजिअ बरालले बुद्व विशाल बजार व्यापारिक एशोसियसन व्यापारीहरूको संस्था भएपनि सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्य गर्दे आईरहेकोमा प्रशंसा गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा महानगरपालिकाबाट एशोसिएसनलाई आवश्यक सहयोग गर्न तयारी रहेको प्रतिवद्वता व्यक्त गरे । पोखरा उधोग वाणिज्य संघका महासचिव शोभा गौतमले रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै व्यवसायीहरूको हक हितको लागि सदैव आवाज उठाउने गरेको बताइन् ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसिएसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने भएकोले सबैभन्दा ठूलो धन रक्तदान भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, कस्मेटिक व्यवसायी संघकी उपाध्यक्ष सरू बराल लगाएतले बोलेका थिए । एशोसिएसनका अध्यक्ष बुद्वि बहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष मनोहरि पौडेलले स्वागत र महासचिव थमनसिह गुरूङले कार्यक्रम सञ्चालन गरेका थिए ।





