मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सिर्जना बहिरा आमाविका विद्यार्थीलाई एनआइएमबीको पोशाक

सिर्जना बहिरा आमाविका विद्यार्थीलाई एनआइएमबीको पोशाक


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८२, सोमबार

पोखरा/एनआइएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आइतबार पोशाक वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकले लेखनाथ शाखा मार्फत् बहिरा विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेको हो ।

विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वमार्फत्कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ति र डिजिटल बैंकिङका क्षेत्रमा स्थानीय सरकारको तर्फबाट वडाले सहकार्य गर्न सक्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा एनआइएमबी बैंक लिमिटेड अर्घौं शाखाका प्रमुख प्रकाश सिग्देलले शिक्षाको क्षेत्रमा संस्थागत उत्तरदायित्वअन्र्तगत विद्यार्थीलाई पोशाकमा सहयोग गरेको उल्लेख गरे ।

विद्यालय व्यवस्थपन समितिका निर्वतमान अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं २६ का वडा सदस्य तीर्थबहादुर राजभाट, निमित्त प्रधानाध्याक राजेन्द्र शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक नवराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->