बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुक्तिनाथद्वारा विद्यार्थीहरूको लगानी ‘अवसरको झोला’ अभियान सुरु

मुक्तिनाथद्वारा विद्यार्थीहरूको लगानी ‘अवसरको झोला’ अभियान सुरु


  • ढाेरपाटन संवाददाता
  • चैत्र ९ २०८२, सोमबार

पोखरा/ मुक्तिनाथ विकास बैंकले विद्याथीको भविष्यका लागि ‘अवसरको झोला’ अभियान सुरु गरेको छ । बैंकले आर्थिक रूपमा कमजोर भएका र अवसरबाट वञ्चित भएका विद्यार्थीलाई विद्यालय झोला र स्टेसनरी सामग्री वितरण गर्ने अभियान थालेको हो ।

कसैका लागि साधारण देखिने एउटा झोला बालबालिकाका लागि अवसरको ढोका बन्न सक्ने सोचका साथ बैंकले विद्यार्थीको काँधमा केवल झोला मात्र नभई सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा पनि सुम्पिएको बताएको छ । झोला वितरण गर्दा बालबालिकाका अनुहारमा खुशी देखिएको जनाउँदै बैंकले ‘अब म पनि सक्छु’ भन्ने विश्वासको झल्को देखिएको उल्लेख गरेको छ । यसै अभियानसँगै शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाकहरु तथा मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदर गरिएको समेत बैंकले जनाएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पहलहरूलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । हाल सम्म बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायत जिल्लाका करिब ५०० भन्दा बढी विद्यालय झोलाहरु प्रदान गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->