बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. २ का सांसद सोम शर्माको अगुवाईमा बागलुङबासीलाई काठमाडौं उपत्यकाको बि. एण्ड. बी अस्पतालमा उपचारमा छुट दिने व्यवस्था गरिएको छ । ललितपुर महानगरपालिकाको ग्वार्कोस्थित बि. एण्ड बि. अस्पताल व्यवस्थापनसँग शर्माले उपचारमा २० प्रतिशत छुट दिने सम्झौता गरेका हुन् ।
शर्माले आफ्नो सामाजिक संजालमार्फत उक्त जानकारी पत्र र तस्बिर सार्वजनिक गरेका हुन् । सम्झौतामा अस्पतालका प्रशासन प्रमुख प्रकाश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतामा अस्पतालको ओपिडी, आइपिडी र फार्मेसी सेवामा बागलुङका स्थानीय बासिन्दालाई २० प्रतिशत छुट दिइने उल्लेख गरिएको छ । त्यसका लागि बागलुङबासीको परिचय खुल्ने कागजात आवस्यक पर्ने बताइएको छ । यो सम्झौताले बागलुङबासीलाई फाइदा पुग्ने स्थानीयको भनाइ छ ।





