बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरियन थर्मल थेरापी मिगन लाईफको पोखरामा निःशुल्क सेवा

कोरियन थर्मल थेरापी मिगन लाईफको पोखरामा निःशुल्क सेवा

चार महिनामा आठ सय जनाले लिए यो सुविधा


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०८२, बिहिबार
मिगन लाईफका उपकरण लिदैं सेवाग्राही । तस्वीरः ढोरपाटन

पोखरा /कोरियन विश्वविद्यालयले अनुसन्धानबाट विकसित गरेको थेरापी मिगन लाईफले पोखरामा निःशुल्क सेवा सुरु गरेको छ । मिगन लाईफ प्रविधिको र्थमल थेरापी (प्राकृतिक उपचार सेवा) पोखरामा बाराही लाईफ केयरले सुरुवात गरेको हो ।

कुनै पनि औषधीको प्रयोग नगरी प्राकृतिक उपचार सेवाको माध्यमबाट मासिसलाई स्वस्थ बनाउन यो प्रविधिको विकास गरिएको हो । यसलाई पर्यटकीय शहर पोखरामा भित्र्याई निःशुल्क रुपमा सेवा प्रवाह गरिएको सञ्चालक माया अधिकारीले बताईन् । यसमा मिगन लाईफका उपकरणहरु मात्र प्रयोग गरिएको छ । कोरियन भाषामा मिगुनको अर्थ ‘स्वास्थ्यको लागी सुन्दर’ भन्ने हुन्छ।

यसको शाखा कार्यालय पोखरा-८ न्यूरोडमा रहेको छ । यहाँबाट विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रवाह हुँदै आएको छ । थर्मल थेरापी जुनसुकै उमेर समुहका व्यक्तिले लिन सकिने तालिम निर्देशक कोमल प्रसाद खनालले बताए ।

शरीरमा तापक्रम घट्दा स्वास्थ्यमा समस्या आई हरेक किसिमका रोगहरु देखिने भएकोले शरीरलाई तताएर मसाज गर्दा जीवन नै स्वस्थ बन्ने निर्देशक खनालले बताए । उनका अनुसार थर्मल थेरापीबाट मसाज गर्दा हरेक इन्द्रियहरुमा सुधार आई शरीर स्वस्थ र सुन्दर बन्छ ।

हरेक ब्यक्तिले भोग्नुपरेका शारीरिक समस्यामा सुधार ल्याउन थर्मल थेरापी प्रबिधि अन्य प्रबिधि भन्दा उन्नत रहेको सञ्चालक अधिकारीको दावी छ । पोखरामा सेवा शुरु भएको छोटो समयमा नै यहाँका नागरिक यसप्रति आकर्षित भएको उनको भनाई छ ।

‘यहाँका सर्बसाधारणको आकर्षण बढेको छ’, सञ्चालक अधिकारीले भनिन्, ‘हामीले सेवा सञ्चालनको ४ महिनामा नै यहाँबाट ८ सयभन्दा बढि बुवा आमाले यो सेवा लिनु भएको छ । २५ जनाभन्दा बुवाआमाले मिगन लाईफका उन्नत उपकरणहरु घर घरमा नै लगेर सेवा लिइरहनु भएको छ ।’

मिगन लाईफको टीम । तस्वीरः ढोरपाटन

मिगन लाईफका सिइओ महेश थापाले टाउको दुख्ने, माइग्रेन, मानसिक तनाव भएका तथा निद्रा नलाग्ने र आँखा कान घाँटी सम्बन्धि समस्या भएकाहरुले यसबाट प्रत्यक्षलाभ लिइरहेको बताए । थर्मल थेरापीले टन्सिल, पिनास, एलर्जीको समस्या भएकाहरुलाई पनि फाईदा गर्दछ ।

सिईओ थापाले मिगन लाईफका थर्मल थेरापी उपकरणहरूले विशेष गरी मेरुदण्ड स्वास्थ्यलाई सम्बोधन गर्दै शरीरको प्राकृतिक उपचार क्षमतालाई वृद्धि गर्ने उद्देश्य राखेकोले यसले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ अवसरहरू ल्याउने बताए ।

कम्मर, गर्धनमा नसा च्यापिएका, हात, खुट्टा, कुर्कुच्चा, जोनीहरु, पैतला दुख्ने, सिल्का हान्ने, पोल्ने, निदाउने, शरिर सुन्निने, सुगर, पे्रसर, कोलेष्ट्रोल र मुटु समबन्धि समस्या भएकाहरुले पनि यहाँ आएर निःशुल्क सेवा लिन सकिने तालिम निर्देशक खनालले बताए ।

यहाँबाट दिनहुँ १ सय भन्दा बढी पोखरेली आमाबुवाले यो सेवा लिइरहेको प्रबन्ध निर्देशक अधिकारीले बताइन। दैनिक आउने सेवाग्राहीलाई एन्जिला सुब्बा, सोनु थापा, कबिता थापा र बिना आले लगायतका सिस्टरहरुले थेरापीको बिधि र प्रक्रिया सहित सेवा दिने गरेका छन।

शरिरमा जमेको खराब तत्वहरुलाई वाहिर निकाली शरिरलाई सफा र स्वस्थ राख्न थर्मल थेरापीले मद्त गरेको सेवाग्राहीको अनुभव छ । यो शाखाबाट सेवा लिइरहेका पोखरा-५ का गंगा पराजुलीले यो थेरापी मानिसको स्वास्थ्यका लागि उपयोगी रहेकोले आफुले नियमित सेवा लिइरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->