शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

ओलीलाई शिक्षण अस्पतालको ‘रेड जोन’ बेडमा राखियो

ओलीलाई शिक्षण अस्पतालको ‘रेड जोन’ बेडमा राखियो

सम्भवतः अस्पतालले उनलाई प्रहरी हिरासतमा राख्न अनुमति दिनेछैन। ओली आफैँले जान्छु भने मात्र अस्पतालले पठाउने छ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८२, शनिबार

काठमाडौं / शनिवार विहान पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

उनलाई मिर्गौला प्रत्यारोपणको बिरामी भएकाले ‘रेड जोन’ बेडमा राखिएको छ।

स्रोतका अनुसार सम्भवतः अस्पतालले उनलाई प्रहरी हिरासतमा राख्न अनुमति दिनेछैन। ओली आफैँले जान्छु भने मात्र अस्पतालले पठाउने छ।

गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई शनिबार एकाबिहानै पक्राउ गरिएको थियो।

प्रहरीले केहीबेर भद्रकालीस्थित प्रहरी परिसरमा राखेर उनलाई अस्पताल पुर्‍याएको हो।

‘जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा’ उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->