शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खर्बाङमा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर

खर्बाङमा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ शिविर


  • अनिष पाठक
  • चैत्र १५ २०८२, आइतबार

बागलुङ/बडिगाड स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्बाङमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न भएको छ । शिविरमा ६२ जना महिला र २० जना पुरुष गरी ८२ जनाले सेवा लिएका छन् ।

स्वास्थ्य परीक्षणका क्रममा १८ जनामा मधुमेह (सुगर), १२ जनामा उच्च रक्तचाप (प्रेसर) र ३ जनाको पिसाब परीक्षणमा सुगर देखिएको सेवा केन्द्र प्रमुख पप्पु कुमार शाहले जनाकारी दिए । त्यस्तै शरीरको तौल र उचाइको अनुपातको आधारमा गरिएको विश्लेषण अनुसार ८२ जनामध्ये ४२ जनाको तौल सामान्य, १ जना कम तौल, २५ जना मोटोपन भएका र १४ जना अत्यधिक मोटोपनको अवस्था रहेको पाइएको छ ।

शिविरको तथ्याङ्कलाई हेर्दा नसर्ने रोगको प्रकोप बढ्दै गएको स्पष्ट देखिने शाहले बताए । नसर्ने रोग गम्भीर जनस्वास्थ्य समस्या बन्दै गएको शाहको भनाई छ । यस्ता रोगबाट बच्न नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, शारीरिक व्यायाम तथा स्वस्थ जीवनशैली अपनाउनुपर्ने शाहको सुझाव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->