पोखरा/नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए ।
पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १२ माटेपानीस्थित हिल प्वाइन्ट माविमा अभियान संचालन गरिएको छ । त्यस अवसरमा विद्यायका भाईस प्रिन्सिपल गंगाराम पौडेलले बोलेका थिए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी र कर्मचारी सुरज चौधरीले सहजीकरण गरेका थिए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले संचालन गरेका थिए ।





