शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दादुरा सङ्क्रमितको संख्या २ सय नाघ्यो

दादुरा सङ्क्रमितको संख्या २ सय नाघ्यो


  • अनिष पाठक
  • चैत्र १८ २०८२, बुधबार

फाइल तस्बिर

बागलुङ (खर्बाङ)/ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमितको संख्या दुई सय ५ पुगेको छ । गत फागुनको पहिलो हप्ताबाट त्यहाँ दादुरा फैलिएको थियो ।

विशेष भूगोल रहेको ढोरपाटन नगरपालिका वडा नं. ७ बोबाङ, वडा नं. ८ सेराबाङ र वडा नं. ९ लाकुरीबोटमा दादुरा सङ्क्रमण फैलिएपछि बुर्तिवाङ जिल्ला अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा आइसोलन बनाएर बिरामीको सघन उपचार गरिएको थियो ।

उपचारमा आएका बिरामीमध्ये १ सय ११ महिला र ९४ जना पुरुष रहेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले जानकारी दिए । उनका अनुसार, अधिकांश बिरामी सफल उपचारपछि घर फर्किएका छन् । अहिले बुर्तिबाङ अस्पतालमा ८ र बोबाङ स्वास्थ्य चौकीमा ३ जना बिरामी अझै उपचाररत छन् ।

सङ्क्रमितमध्ये १ सय २७ जनाको बुर्तिबाङ अस्पताल तथा अन्यको विभिन्न स्वास्थ्य संस्थामा उपचार गरिएको अस्पतालका डा. दिपिन थापाले जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा जाँच गर्दा १३ जनामा दादुरा पुष्टि भएपछि पालिकाले सङ्क्रमण फैलिन नदिन खोप अभियान समेत संचालन गरेको थियो ।

ढोरपाटनसंग सिमा जोडिएका निसीखोला र बडिगाड गाउँपालिकाका एक÷एक जना तथा तमानखोला गाउँपालिकामा २ जना सङ्क्रमित भेटिएका छन् । उनीहरुको बुर्तिबाङ अस्पताल, बोबाङ स्वास्थ्य चौकी र अन्य स्वास्थ्य इकाइमार्फत उपचार भइरहेको छ ।

ढोरपाटनसंग जोडिएका छिमेकी पालिकामा पनि सङ्क्रमित भेटिन थालेपछि पालिकाहरुले नियन्त्रणको काम थालेका छन् । तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिल बहादुर छन्त्यालले पालिकामा दादुरा सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यालयदेखि घरदैलो गरेर सचेतनाका कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

अहिलेसम्म ढोरपाटन नगरका १० वर्षदेखि १९ वर्षसम्मका ५ हजार ९ सय १३ जना बालबालिका तथा किशोर किशोरीहरुलाई दादुरा विरुद्वको खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->