बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाली सेनाको अन्नपूर्णमा निशुल्क स्वास्थ्य शिविर

नेपाली सेनाको अन्नपूर्णमा निशुल्क स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८२, शनिबार

पोखरा/ नेपाली सेनाको श्री कृष्ण दलगण फुलबारी ब्यारेक पोखराको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्नपूर्ण– ४ सल्यानमा भएको स्वास्थ्य शिविरमा करिब ५५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

तमु समाजको भवनमा विशेषज्ञ चिकित्सकहरु सहित सञ्चालित बृहत स्वास्थ्य शिविरमा स्थानीयले सेवा लिएका थिए । अन्नपूर्ण गाउँपालिका, सैनिक अस्पताल पोखरा, एक्स सर्भिसम्यान आविष्कार हस्पिटल पोखरा, हिमालयन आँखा हस्पिटल पोखरा, कुटी रिसोर्ट लगायतका संस्थाहरूको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.कान्तीप्रभा गिरी, डा. सुदर्शन सुवेदी, डा. रमेश शर्मा, डा. संजय कोइराला, डा. नर्मन लामिछाने, डा. कृष्ण बोगटी, डा.राम अधिकारी, डा. किशोर भण्डारी, डा. कृष्ण सिग्देल, डा. सन्दीपा काफ्ले, डा. संचित ढकाल, डा. शर्मिला शाही र दिपेश मल्ल लगायत स्वास्थ्यकर्मीले शिविरमा स्वास्थ्य परिक्षण गरेका थिए । उक्त अवसरमा निशूल्क रुपमा औषधी वितरण गरिएको थियो ।

 

उक्त शिविरमा स्त्री तथा प्रसुति रोग, वरिष्ठ फिजिसियन, छाला तथा यौन रोग, नाक कान घाँटी, पेट छाती तथा मुटु रोग, दाँत, आँखा, प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरिएको थियो। रक्तचाप र मधुमे्हको परीक्षण पनि गरिएको थियो । उक्त अवसरमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तित्वहरुलाई नम्बर ३ बाहिनीका बाहिनीपति सहायकरथी अमृत काजी गुरुङद्वारा प्रशंसा पत्र समेत वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->