शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्पोर्टस अवार्डलाई टेम्पल बेल र प्लाजा होटल ग्रुपको साथ

स्पोर्टस अवार्डलाई टेम्पल बेल र प्लाजा होटल ग्रुपको साथ


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८३, मंगलबार

पोखरा/रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटि पार्टनरमा टेम्पल बेल बुटिक होटल र प्लाजा होटल ग्रुपले साथ दिने भएका छन् ।

आगामी वैशाखको १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटी पार्टनरमा रहेर पोखराको लेकसाइडमा रहेको फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा र काठमाडांैको नक्सालस्थित होटल क्राउन प्लाजाले साथ दिने भएका छन ।

हस्पिटालिटी पार्टनरको लागि फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पाका सञ्चालक विश्वराज पौडेल र प्लाजा होटल ग्रुपका अध्यक्ष युवराज श्रेष्ठबीच नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सम्झौता गरेका छन् ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->