बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रधानमन्त्रीज्यूलाई चिठी

प्रधानमन्त्रीज्यूलाई चिठी


  • लाल बहादुर नेपाली
  • बैशाख ८ २०८३, मंगलबार

मितिः २०८२/०१/०१
सम्माननिय प्रधानमन्त्री ज्यू,
श्री बालेन्द्र शाहज्यू ।
नमस्कार ।

यो पत्र तपाईंलाई स्वस्थ र सशक्त अवस्थामा प्राप्त होस् भन्ने कामना गर्दछु, साथै नेपालका जनताको सेवा समर्पण र दूरदर्शिताका साथ निरन्तर रूपमा गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने अपेक्षा राख्दछु । म एक चिन्तित नागरिकको रूपमा तपाईंलाई यो पत्र लेख्दैछु, जसले हाम्रो राष्ट्रको भविष्यलाई अत्यन्त महत्व दिन्छ र विश्वास गर्दछ कि शिक्षा नै त्यो सबैभन्दा शक्तिशाली साधन हो जसले हाम्रो भविष्यलाई आकार दिन सक्छ । अत्यन्त सम्मानका साथ, नेपालका शिक्षा प्रणालीभित्र नैतिक शिक्षालाई प्राविधिक तथा व्यावहारिक शिक्षासँग समाहित गर्नुपर्ने आवश्यकताबारे तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु ।

२०८२ को ऐतिहासिक परिवर्तन र नयाँ सरकारको स्थापनाले नेपालमा शिक्षामा पहुँच विस्तार गर्न र विभिन्न सुधारहरू लागू गर्न प्रशंसनीय प्रगति गरेको छ त्यसमा तपाईको भूमिका अतुलनिय छ त्यो विगतमा भएको मन्त्रीपरिषदका निर्णयहरुबाट म लगायत हामी सुचित छौं । देशले अग्रगामी परिवर्तनको मार्ग खोजेको हो र सुधारको क्रममा छ त्यो पनि युवा विषेश विद्यार्थीहरुको सहादतबाट । तथापि, विद्यार्थीहरूको समग्र विकासमा केही र सशक्त कदम आवश्यक हुन् र छन् त्यो र्निविवाद विषय हो तर अझै पनि महत्वपूर्ण कमी देखिन्छ । हुनतः सरकारको संकल्पमा जहाँ शैक्षिक ज्ञान र प्राविधिक सीपहरूलाई क्रमशः प्राथमिकता दिइँदैछ, त्यहीं नैतिक मूल्य र आचारसम्बन्धी बुझाईलाई प्रायः बेवास्ता गरिन्छ वा दोस्रो दर्जामा राखिन्छ । त्यसलाई सरकारले प्राथमिकतामा राख्नु अत्यन्त राम्रो हो । तर यस्तो असन्तुलनले दीर्घकालीन रूपमा व्यक्तिहरू मात्र होइन, सम्पूर्ण समाजमा पनि नकारात्मक प्रभाव पार्न सक्छ भन्ने हाम्रो बुझाई हो । शिक्षा केवल जीविकोपार्जनका लागि तयार गर्ने माध्यम मात्र नभई, अर्थपूर्ण र जिम्मेवार जीवन जिउन मार्गदर्शन गर्ने साधन पनि हुनुपर्छ त्यो त विश्व कथन नै हो तर पनि कस्तो र कसरी भन्ने प्रश्न हो । नैतिक शिक्षाले विद्यार्थीहरूको चरित्र निर्माणमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ तर यो प्रविधिमैत्री हुनुपर्ने पनि हो कि ? यसले उनीहरूमा सही र गलतको बोध, अरूप्रति सम्मान, सहानुभूति, इमानदारी र जिम्मेवारीको भावना विकास गर्न मद्दत गर्ने गरी डिजिटल संसारलाई कसरी सन्तुलन गर्ने भन्ने विषय पनि समावेश जरुरी हो ? भ्रष्टाचार, सामाजिक असमानता र नैतिक द्विविधा जस्ता चुनौतीहरू विद्यमान रहेको हाम्रो समाजमा, बालमस्तिष्कमा बलियो नैतिक आधार निर्माण गर्नु अझ आवश्यक छ तर नीति र नैतिक मुल्यहरुलाई कसरी समावेश गर्ने भन्ने तर्कलाई अनुशरण गर्न पनि आवश्यक छ ? नैतिक मार्गदर्शनको अभावमा, उच्च प्राविधिक दक्षता भएका व्यक्तिहरूले पनि आफ्नो ज्ञानको दुरुपयोग गर्न सक्छन् र गरेका छन् वा समाजमा सकारात्मक योगदान दिन असफल हुन सक्छन् र भएकै हुन् पनि । यसैसँगै, आजको विश्वमा प्राविधिक र व्यावहारिक शिक्षाको बढ्दो आवश्यकता पहिचान गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । तर, के हामी २१ औँ सताब्दीको लहरमा नै योग्य छौं वा हौं त प्राविधिक शिक्षाका लागि यो विचार गरियोस् ।

विश्व परिवेश तीव्र गतिमा परिवर्तन भइरहेको छ, मानौं तर हाम्रो सामाजिक र आर्थिक आधारहरु होइनन् कि हुन् र सीपमा आधारित शिक्षामा लगानी गर्ने देशहरू आर्थिक विकास र नवप्रवर्तनमा अगाडि बढिरहेका छन् । नेपालले पनि आफ्ना युवाहरूलाई आत्मनिर्भर, उद्यमशील र आधुनिक कार्यक्षेत्रका मागहरू पूरा गर्न सक्षम बनाउन व्यावहारिक सीपहरू प्रदान गर्नुपर्छ मान्यता सहि हो सबैलाई पाच्य भाष्य हो तर समय सन्र्दभ अनुसार यहाँ अर्थ फरक लगाइदिन्छन् र कठिनाई हो प्रधानमन्त्री ज्यू । तर, प्राविधिक शिक्षा मात्र पर्याप्त हुँदैन ठिक छ नहोला तर जिम्मेवारी पक्षहरु यसलाई दिगो र समावेशी बनाउन नैतिक मूल्यहरूले पूरक भूमिका खेल्नुपर्छ भन्ने सिद्धान्तमा आधारित रहुन सम्भव छ ।

नेपालको वर्तमान शिक्षा प्रणाली प्रायः सैद्धान्तिक ज्ञानमा केन्द्रित देखिन्छ त्यो वैदेशिक अनुभव पनि हो हामी देशबाट विदेश गएका विद्यार्थीहरु लेखेर ए प्लस लिन्छन् तर प्रविधिक क्षेत्रमा वा व्यवहारिक ज्ञानमा फेल हुन्छन् भन्ने अनुभव धेरैबाट सुनियो–देखियो पनि । जहाँ व्यावहारिक प्रयोगका अवसरहरू सीमित छन् । विद्यार्थीहरूले वर्षौंसम्म जानकारी कण्ठस्थ गर्छन् तर त्यसलाई वास्तविक जीवनमा कसरी प्रयोग गर्ने भन्ने बुझाई कम हुन्छ । यसले उनीहरूको आत्मविश्वासमा असर पार्नुका साथै आलोचनात्मक सोच र समस्या समाधान गर्ने क्षमतालाई पनि सीमित बनाउँछ । सत्य हो हाम्रो देशको शिक्षा सस्ंकारमा व्यवहारिक शिक्षा भनेको राजनितिशास्त्र मात्र हो जसले देशलाई २००७ देखि अहिलेसम्म प्रयोगशाला बनाएको हो । अर्कोतिर हातले गर्ने अभ्यास, परियोजना, इन्टर्नसिप र सामुदायिक सहभागिता जस्ता व्यावहारिक सिकाईका माध्यमहरूलाई समावेश गर्दा शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउन सकिन्छ भन्ने हो तर अझै हाम्रो शिक्षामा त्यो शैक्षिक संस्कारका रुपमा विकसित भएको छैन । यस ढाँचाभित्र नैतिक शिक्षाको समावेशले सिकाईलाई अझ सन्तुलित र अर्थपूर्ण बनाउन सक्छ जहाँ श्रमको कदर गर्न सिक्ने वातावरण वा त्यो प्रकारको औद्योगिक पुँजीवादको विकाससंगै सामाजिक आर्थिक आचरणहरुको स्थापना हुन्छ । उदाहरणका लागि विद्यार्थीहरूले इन्जिनियरिङ, सूचना प्रविधि वा व्यावसायिक सीपहरू सिक्दै गर्दा आफ्नो कामका नैतिक पक्षहरूबारे पनि बुझ्न सक्ने वातावरण सिर्जना गर्न सकिन्छ । त्यो तपाईको अन्तरवार्ताहरुमा आएकै छन्, व्यवहारमा अब स्थापित होस् यो हाम्रो कामना । उनीहरूलाई आफ्नो सीप समाजको हितमा कसरी प्रयोग गर्ने, वातावरणको संरक्षण कसरी गर्ने र सामाजिक सद्भाव कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा सोच्न प्रेरित गरियोस् । ज्ञान, सीप र मूल्यहरूको यस्तो संयोजनले सक्षम मात्र नभई दयालु र जिम्मेवार नागरिक उत्पादन गर्न सक्छ भन्ने मान्यतालाई औद्योगिक डिजिटल नैतिक शिक्षामा केन्द«विन्दु बनाइयोस् । विद्यालयहरू केवल पढाउने ठाउँ मात्र नभई मूल्यहरू अभ्यास गर्ने वातावरण पनि हुनुपर्छ भन्ने मान्यताको विकास गरियोस् । तर, यो ग्यारेन्टी गरियोस् कि हरेक विद्यार्थीहरुलाई राज्यले लगानी गरेको छ यदि राज्यप्रति उत्तरदायी नभए र कानुनको पालना नगरे राज्यले अर्थपूर्ण नियन्त्रण गर्दछ । अनि शिक्षकहरूले यस प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छन् । किनकी उनीहरू विद्यार्थीहरूका आदर्श हुन्छन् । त्यसैले शिक्षकहरूलाई उचित तालिम र सहयोग प्रदान गरी उनीहरूले प्रभावकारी रूपमा नैतिक शिक्षालाई आफ्नो शिक्षणमा समावेश गर्न सक्ने बनाउनु आवश्यक छ । तर, शिक्षक पेशामा न त मर्यादा छ न त चासो नै । किनकि ज्ञानका आधारमा पनि हरेक शिक्षकमा हुनुपर्ने शिक्षणका ज्ञानहरुको विकासमा राज्य त्यति नै उत्तरदायी बनोस् जसरी यहाँ विभिन्न स्कुलहरु फिनल्याण्ड मोडेल वा जापान वा चिनियाँ मोडेल भनेका छन् तर ति केही विशेष आधारभुत पक्ष मात्र लागु गर्ने हो सबै ती मोडेलका लागि त हामी नेपाली नै नरहने हो कि वा पहिचान प्रश्न पनि हो कि ? त्यसैले अबको शिक्षा प्रणाली नेपाली मोडेल होस् प्रधानमन्त्री ज्यू ।

अनि शिक्षा कक्षाकोठाभित्र सम्मान, निष्पक्षता, अनुशासन र सहकार्य प्रवद्र्धन गर्नुमा समावेश हुन्छ भन्ने मात्र होइन् । जब विद्यार्थीहरूले दैनिक व्यवहारमा यस्ता मूल्यहरू अनुभव गर्छन्, तब उनीहरूले तिनलाई आत्मसात गर्ने सम्भावना बढी हुन्छ भन्ने पनि हो । पाठ्यक्रमलाई पनि सावधानीपूर्वक यसरी निर्माण गर्नुपर्छ कि नैतिक शिक्षा वैकल्पिक विषय नभई अभिन्न अंग बनोस् । अहिले पनि नभएको होइन् तर कमि पक्कै हो वा प्राविधिक धारहरु समेट्न नसकिएको हो । कथा, छलफल, वास्तविक उदाहरण र सामुदायिक सेवाका गतिविधिहरू मार्फत मूल्यहरूलाई रोचक र सम्बन्धित तरिकाले सिकाउन सकिन्छ तर बोझ धेरै भो अनि पेशागतभन्दा पनि अन्य पक्षहरुको दवाब पनि । नैतिक शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नरही सम्पूर्ण सिकाई प्रक्रियामा समाहित हुनुपर्छ । यसका साथै, परिवार र समुदायको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ । शिक्षा केवल विद्यालयसम्म सीमित हुँदैन, यो साझा जिम्मेवारी हो तर कहाँ कसरी भन्ने त निक्र्याैल गरिदिनु पर्यो नि । विद्यालय, अभिभावक र समुदायबीच सहकार्यलाई प्रोत्साहन गर्दा विद्यार्थीहरूले निरन्तर रूपमा नैतिक मूल्यहरू सिक्ने र अभ्यास गर्ने वातावरण तयार हुन्छ ।

सामुदायिक परियोजना, स्वयंसेवा र सामाजिक गतिविधिहरूले विद्यार्थीहरूलाई आफ्नो प्राविधिक सीप र नैतिक बुझाईलाई व्यवहारमा उतार्ने अवसर प्रदान कसरी गर्ने भन्ने नै इनटर्न होला तर त्यो वातावरण विगतमा हामीले पाएनौ अबको पुस्तामा त्यो नहोस् । व्यावहारिक र प्राविधिक शिक्षाको समावेशले बेरोजगारी र वैदेशिक रोजगारी जस्ता समस्याहरू समाधान गर्न पनि सहयोग पु¥याउन सक्छ भन्ने मान्यता र नीति तपाईको सरकारले लिएकोमा धन्यवाद प्रधानमन्त्री ज्यु । नागरिकमा मात्र द्धिविधा नहोस् । धेरै युवा देशभित्र पर्याप्त अवसर नपाएर विदेश जान बाध्य छन् । गुणस्तरीय प्राविधिक शिक्षा र उद्यमशीलताको प्रोत्साहनमार्फत हामी आफ्ना युवाहरूलाई देशभित्रै अवसर सिर्जना गर्न सक्षम बनाउन सक्छौं भन्ने विश्वासका साथ कक्षाहरु सञ्चालन गर्न पाइयोस् । तर, यसका लागि इमानदारी, पारदर्शिता र सामाजिक जिम्मेवारी जस्ता बलिया नैतिक आधार आवश्यक हुन्छन् जसलाई स्थापित गराइयोस् प्रधानमन्त्री ज्यु ।

नेपालका विभिन्न क्षेत्रका विद्यार्थीहरूको आवश्यकताहरू फरक–फरक हुने भएकाले तिनलाई ध्यानमा राख्नु पनि आवश्यक छ होला । विशेष गरी ग्रामीण क्षेत्रहरूमा कृषि, हस्तकला र साना उद्योगसँग सम्बन्धित व्यावहारिक शिक्षाले ठूलो फाइदा पु¥याउन सक्छ त्यो अंगीकार गरिदिनु भएकोमा धन्यवाद र यो संगै प्रविधि पनि स्वदेशी होस् । यससँगै नैतिक शिक्षाले समुदायबीचको सम्बन्ध बलियो बनाउन र सहकार्य तथा पारस्परिक सम्मान बढाउन मद्दत गर्नेगरी लागु गरियोस् नकि औद्योगिक देशमा जस्तो वा स्वार्थमा आधारित नैतिक शिक्षा ।

आजको डिजिटल युगमा प्रविधि र मिडियाको प्रभाव पनि अत्यन्त ठूलो छ भन्ने यथार्थलाई अंगीकार गरिदिनुभएको छ त्यसलाई कक्षा शिक्षणमा अझ व्यवहारिकता पक्षहरु विश्लेषण गरी लागू गरियोस् भन्ने अनुरोध छ । प्रविधिले अवसरहरू प्रदान गरे पनि गलत सूचना, साइबर दुव्र्यवहार र सामाजिक दूरी जस्ता चुनौतीहरू पनि ल्याएको छ भन्ने त तपाईकै उदाहरण छन् जहाँ तपाईलाई तारो बनाईएको छ, जसलाई नियन्त्रण गर्न कानुन र सामाजिक मर्यादा पनि मुख्य हुन्छ भनि बुझाउन सक्ने खालको प्रणाली विकास होस् । अनि शिक्षक र शिक्षाको नयाँ मोडेलले प्रविधिमैत्री नैतिक शिक्षा विद्यार्थीहरूलाई यस्ता चुनौतीहरू सामना गर्न डिजिटल जिम्मेवारी, आलोचनात्मक सोच र सम्मानजनक सञ्चारका सीपहरू सिकाउन मद्दत गरोस् । त्यस्तै, प्राविधिक शिक्षाले उनीहरूलाई प्रविधिको सही र जिम्मेवार प्रयोग गर्न सक्षम बनाओस् र शिक्षकहरुलाई पनि सोहि प्रकारको तालीम र व्यवस्थापन गरियोस् । नैतिक, प्राविधिक र व्यावहारिक शिक्षाको एकीकृत प्रणालीका दीर्घकालीन फाइदाहरू अत्यन्त महत्वपूर्ण छन् भन्ने पक्ष–प्रतिपक्ष एंवम् सर्वपक्षले अनुभव गर्न पाउनु भन्ने अनुरोध प्रधानमन्त्री ज्यु । यसले ज्ञान र सीप मात्र नभई नैतिकता, सहानुभूति र सामाजिक जिम्मेवारी भएका पुस्ताको विकास गरोस् ।

नागरिकहरूले समाजमा सकारात्मक योगदान दिन, शान्ति र सद्भाव कायम गर्न र दिगो विकासलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछन् र त्यो उत्पादनमा हामी जस्ता नागरिक सरकारसंग सहकार्य गर्न तयार छौं र रहने छौं । त्यस्तै तपाईका नीतिगत समर्थन र प्रभावकारी कार्यान्वयनको महत्व पनि यहाँ उल्लेखनीय छ भन्ने हामीलाई अनुभव छ । त्यो हिजो पनि हो र भोली पनि रहने हो ।

नयाँ विचारहरू ल्याउनु मात्र पर्याप्त हुँदैन तिनलाई स्पष्ट नीति, पर्याप्त स्रोत र सबै तहमा दृढ प्रतिबद्धतासहित कार्यान्वयन गर्नुपर्छ भन्ने तपाईको मान्यतामा हाम्रो नैतिक तथा भौतिक समर्थन । नियमित अनुगमन र मूल्याङ्कनमार्फत यी प्रयासहरू सफल र सुधारोन्मुख बनाउन सकिन्छ भन्ने त सरल पाटो तर अब नातावाद र कृपावाद नरहोस् रहन्छ भने त्यहाँ योग्यताका कदर गर्ने प्रणालीको विकास होस् ।

अन्त्यमा, म तपाईंको सम्मानित नेतृत्वलाई नेपालमा शिक्षा सुधारका क्रममा नैतिक शिक्षालाई प्राविधिक र व्यावहारिक शिक्षासँग एकीकृत गर्ने विषयलाई प्राथमिकताका साथ विचार गर्न हार्दिक अनुरोध गर्दछु । यस्तो दृष्टिकोणले विद्यार्थीहरूलाई केवल रोजगारीका लागि मात्र नभई जीवनका लागि तयार गर्ने सन्तुलित र समग्र शिक्षा प्रणाली निर्माण गर्न सहयोग पु¥याउनेछ र भावी नेपालको नक्सा कोर्ने छ अरु त समय सन्र्दभमा चलि रहन्छन् । यसले इमानदारी, करुणा र जिम्मेवारीलाई महत्व दिने समाज निर्माण गर्न मद्दत गर्नेछ, जसले नवप्रवर्तन र प्रगतिलाई पनि सशक्त बनाउनेछ । तपाईंको दूरदर्शिता र समर्पणका साथ नेपालले आफ्ना जनताको आवश्यकता र आकांक्षालाई प्रतिबिम्बित गर्ने शिक्षा प्रणालीतर्फ अघि बढ्नेछ भन्ने विश्वास व्यक्त गर्दछु वा गर्दछौं । हाम्रो राष्ट्रको भविष्य आजका बालबालिका तथा युवाहरूलाई दिइने शिक्षामा निर्भर गर्दछ ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->