बागलुङ/बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङबाट एक जना बिरामीलाई बिहिबार हेली उद्दार गरी उपचारमा पठाइएको छ । निसीखोला गाउँपालिका वडा नंं २ का ५२ वर्षिय सुर्य खड्कालाई सिम्रिक एयरको हेलीबाट उद्दार गरी पोखरा पठाइएको हो ।
उनलाई उच्च रक्तचापले सताएपछि तत्काल उपचारका लागि गण्डकी अस्पताल रिफर गरिएको थियो । समय अभावका कारण हेली खोजेर पठाउने काम गरिएको सेनाका एक अधिकृतले जानकारी दिए । प्रसुती अवस्थाको समस्या पर्दा र अत्यावस्यक उपचार सेवा लिनु पर्दा गण्डकी प्रदेश सरकारले हेली उद्दारको सेवा दिंदै आएको छ ।





