म्याग्दी/विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बेनीस्थित बालगृहमा रहेका अनाथहरुको स्वास्थ्य परीक्षणसहित खाद्यान्न सामग्री वितरण गरिएको छ ।
स्वास्थ्य परीक्षणका लागि नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल नेत्रज्योति संघ, कोर स्माइल डेन्टल क्लिनिक र बेनी सञ्जिवनि क्लिनिकको प्राविधिक सहयोगमा गरिएको हो ।
असाहय तथा अनाथ बालबालिकाले आश्रय लिइरहेको बालगृहमा रहेका बालबालिकाको आँखा, नाक,कान घाँटी तथा दाँतको परीक्षण गरिएको नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताए ।
नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले बोलेकै कारणले झन जोखिम बढ्ने काम भएको बताए ।
पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, जिल्ला शाखाका उपाध्यक्ष अमित बिश्वकर्मा, सहसचिव सन्दीप शर्मा लगायतले बोलेका थिए ।





