शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ नगरमा २० जना ‘मनोविमर्शकर्ता’ तयार

बागलुङ नगरमा २० जना ‘मनोविमर्शकर्ता’ तयार

‘सामूहिक परामर्शसंगै पहिचान भएका प्रभावितहरुलाई स्वयम्सेवी मनोविमर्शकर्ताले परामर्श सेवा उपलब्ध गराईरहनुभएको छ’’ नगर उपप्रमुख राजु खड्काले भने ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८३, मंगलबार

बागलुङ/नेपालमा ५० लाखभन्दा बढी मानिस मानसिक समस्याबाट प्रभावित रहेको अनुमान छ । ७० प्रतिशत बिरामीहरु त उपचारको सहज पहुँचमै छैनन् ।

मानसिक समस्याको बेलैमा उपचार गरेमा सहजै निको हुन्छ । यसका लागि समुदायमा पर्याप्त सचेतना तथा विशेष अभियानको आवश्यकता देखिएपछि बागलुङ नगरपालिकाले मनोविमर्शकर्ता जनशक्ति तयार गरेको छ ।

मानसिक स्वास्थ्य तथा मनोविमर्श सेवामार्फत् समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित नगरपालिकाले ह्युमन नेपालसंग सहकार्य गरेर ६ महिने तालिम चलाएर २० जना मनोविमर्शकर्ता जनशक्ति तयार गरिएको नगर उपप्रमुख राजु खड्काले बताए । तामिममा ह्युमन नेपालका अध्यक्ष उमेश शिवाकोटीले सहजीकरण गरेका थिए ।

नगरपालिकाद्वारा विनियोजित ५ लाख रुपियाँ बजेटबाट तालिम सञ्चालन गरिएको थियो । तालिमपछि अधिकांश मनोविमर्शकर्ता स्वयम्सेवी रुपमा विभिन्न पालिका, विद्यालय र समदायमा पुगेर अभिमुखीकरण कार्यक्रममा चलाईरहेका छन् । तालिममा सहभागि एक जनालाई बागलुङ नगरपालिकाको हिंसा प्रभावित सेवा केन्द्रमा आवद्व गरिएको छ ।

‘‘सामूहिक परामर्शसंगै पहिचान भएका प्रभावितहरुलाई स्वयम्सेवी मनोविमर्शकर्ताले परामर्श सेवा उपलब्ध गराईरहनुभएको छ’’ उप–प्रमुख खड्काले भने ।

मानसिक तथा मनोसामाजिक सेवा प्रदान गर्नेगरी चलाईएको तालिमबाट उत्पादित दक्ष जनशक्तिलाई क्रियाशिल बनाउन राज्यका निकायबाट थप सहयोगको आवश्यकता देख्छन् खड्का । विद्यालयमा विद्यार्थी मनोविमर्श कक्ष स्थापना गरी मनोविमर्शकर्ता राख्न सकेमा बालबालिका र किशोरहरुमा देखिएको समस्या समाधानमा प्रगति हुने खड्का बताउँछन् ।

‘समाजमा लागूपदार्थ, मदिरा सेवनले चिन्ता, डरत्रास, डिप्रेसन जस्ता समस्या भयावह बन्दै जाँदा आपराधिक घटना बढेको परिस्थिति छ । सामाजिक सञ्जाल र अनलाइन गेमको लतले किशोर तथा युवाहरु डिप्रेसनमा पुगेको देखिन्छ,’ खड्काले भने, ‘मस्तिष्कमा आपराधिक सोच देखिने परिस्थितीलाई नियन्त्रणमा राख्ने सवाल सबैको साझा बन्नुपर्छ ।’

मानसिक स्वास्थ्य तथा मनोविमर्श सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित मनोविमर्शकर्ताहरुले ‘खुशी मन बागलुङ’ संस्था गठन गरेका छन् । संस्थाले मनोविमर्श सेवा, सचेतना कार्यक्रम, तालिम तथा समुदायस्तरीय काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->