शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

प्रअ नियुक्ति प्रक्रिया रोक्न गरिएको अन्तरिम आदेशको माग सर्वोच्चद्धारा अस्विकार

प्रअ नियुक्ति प्रक्रिया रोक्न गरिएको अन्तरिम आदेशको माग सर्वोच्चद्धारा अस्विकार


  • ढाेरपाटन संवाददाता
  • बैशाख २५ २०८३, शुक्रबार

स्याङ्जा / जिल्लाको अर्जुनचौपारी गाउँपालिका– १ स्थित पञ्चकन्या माविका प्रधानाध्यापक नियुक्तीको प्रक्रिया रोक्न गरेको अन्तरिम आदेशको माग सर्वोच्च अदालतद्धारा अस्विकार गरेको छ ।

पञ्चकन्या माविका शिक्षक विष्णु प्रसाद तिवारीले गत भदौ १७ गते सम्मको लागि प्रधानाध्यापक नियुक्तीको लागि विद्यालय ब्यवस्थापन समितिले सुचना जारी गरेकोमा सबै काम कारबाही यथास्थितिमा राख्न सर्बोच्चमा अन्तरिम आदेशको माग गरेका थिए ।

तिवारीले सर्बोच्चमा बुझाएको मुद्धाको ७ महिना पछि सर्वोच्चले उक्त मिति भुक्तान भैसकेकाले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने र त्यसको औचित्य हालको अवस्थामा कायम नरहेको भनेको हो । आदेशसँगै ब्यवस्थापन समितिको प्रधानाध्यापक चयन प्रक्रियालाई सही ठहर गरिएको हो ।

तिवारीले गत भदौँ १५ गते प्रधानाध्यापक नियुक्ती प्रक्रिया रोक्न माग मुद्धा दर्ता गरेका थिए । सर्बोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीस कुमार रेग्मी, हरि प्रसाद फुयाल, मनोज कुमार शर्मा र नहकुल सुवेदीको इजलासले चैत्र २५ गते आदेश दिएको थियो ।

यहाँ पाँच बर्ष भन्दा बढी प्रधानाध्यापक भएका सामुदायीक विद्यालयमा नयाँ प्रक्रिया मार्फत प्रधानाध्यपक चयन गर्न शिक्षा तथा मानब श्रोत विकास केन्द्र सोनोठिमी र शिक्षा तथा समन्वय इकाइ स्याङजाको पत्रको आधारमा विद्यालय ब्यवस्थापन समितिले गत भदौ ९ गते दरखास्तको आवहान गरेको थियो । नीजि विद्यालय सञ्चालक समेत रहेका तिवारीले नियम विपरीत १७ बर्ष सम्म प्रधानाध्यापक रहेर पञ्कन्या माविमा काम गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->