शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विश्व रेडक्रस दिवश : बागलुङमा रक्तदान

विश्व रेडक्रस दिवश : बागलुङमा रक्तदान


  • ढाेरपाटन संवाददाता
  • बैशाख २५ २०८३, शुक्रबार

बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले विश्व रेडक्रस दिवश रक्तदान कार्यक्रम गरेरेर मनाएको छ । कार्यक्रममा ८ जनाले रक्तदान गर्नुभएको रेडक्रस सोसाइटी बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिए ।

अपरेसन गर्नुपर्ने विभिन्न खालका बिरामी र दुर्घटनाका घाइतेलाई तत्काल रगत चाहिने हुँदा रक्तदान गरिएको आचार्यले बताए । रक्तदान सबैभन्दा ठूलो मानवीय सेवा भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा आचार्यले जोड दिए ।

‘‘दुर्घटना तथा शल्यक्रिया, प्रसूति लगायतका आपत्कालीन उपचार चाहिने बिरामी रगत नपाएकै कारण जीवन र मरणको अवस्थामा अस्पतालको शय्यामा छटपटाइरहन नपरोस् भनेर विश्व रेडक्रस दिवसमा रक्तदान कार्यक्रम गरिएको हो’’ रेडक्रसका उपसभापति राजेन्द्र आचार्यले भने । रक्तसञ्चार केन्द्रमा रक्तदान गरिएको हो ।

रक्तसञ्चार केन्द्रमा सेतो रगत (एफएफपी र पिआरपी) उत्पादन सुरु भएको छ । ‘‘सेतो रगत अभावका कारण धौलागिरी प्रादेशिक अस्पतालमा आउने बिरामीलाई पोखरा रिफर गर्नुपर्ने बाध्यता हटाउन केन्द्रले महत्वपूर्ण भूमिका खेलेको छ’’ आचार्यले भने ।

गण्डकी प्रदेश सरकार, बागलुङ समाज जापान र स्थानीय पालिकाले सहयोग गरेपछि ७० लाख लागतमा ‘प्लेटलेट प्लाज्मा’ र ‘फ्रेस फ्रेजन प्लाज्मा’ उत्पादन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->