शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुद्ध विशाल बजारका व्यवसायीबीच फुटसल

बुद्ध विशाल बजारका व्यवसायीबीच फुटसल


  • ढाेरपाटन संवाददाता
  • बैशाख २६ २०८३, शनिबार

पोखरा/बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच दशौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा राजेश खाडको टिम प्रथम हुदै नगद १७ हजार ५ सय नगद सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने विशाल श्रेष्ठको टिम द्वितीय हुदै नगद ९ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

यस अघि कार्यक्रमको उद्वघाटन गर्दे प्रमुख अतिथि पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले खेल खेल्नु मनोरञ्जन मात्र नभएर स्वास्थलाई पनि राम्रो हुने भएकोले दिनमा केही समय खेलकुदको लागि समय व्यवस्थापन मिलाउन व्यवसायी साथीहरूलाई अनुरोध गर्दे बुद्ध विशाल बजार व्यापारिक एशोसियसनलाई पोखरा महानगरपालिका ४ कार्यालयले गर्नुेपर्ने सयोगको लागि आफू प्रतिवद्व रहेको बताए ।

कर्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले व्यवसायीका हक हितको लागि आफु सदैव लड्ने बताउदै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले व्यवसायी विच आत्मीयता बढोस भनेर बिगतका वर्षहरूमा झै यो वर्ष पनि फुटसल प्रतियोगिता आयोजना गरिएको बताए ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि बहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन एशोसियसनका महासचिव थमनसिह गुरूङले गरेका थिए भने उपाध्यक्ष मनोहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->