आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जोमसोम अस्पतालमा जोखिमपूर्ण शल्यक्रियाद्वारा सफल प्रसूति

जोमसोम अस्पतालमा जोखिमपूर्ण शल्यक्रियाद्वारा सफल प्रसूति


  • ढाेरपाटन संवाददाता
  • बैशाख २७ २०८३, आइतबार

पर्वत/टाढाको दूरीमा रहेको तथा भौगोलिक रूपमा जटिल रहेको हिमालपारिको जिल्ला मुस्ताङमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ ।

जोमसोममा रहेको प्रदेश अस्पताल जोमसोममा पहिलो सन्तान जन्माउन लागेकी २९ बर्सिया महिलामा ४२ हप्ता ६ दिन पुग्दा पनि प्रसव व्यथा सुरु नभएको अवस्थामा शल्यक्रिया गरिएको हो । प्रसव सुरु भइसक्ने समयमा पनि सुरु नभएको तथा गर्भमा शिशु कम चलेको गुनासो गर्दै उनी अस्पताल आएकी थिइन् । आमा र शिशुको स्वास्थ्य जाँच गर्दा पाठेघरमा पानीको मात्रा निकै कम भएको र शिशुको अवस्था जोखिमपूर्ण रहेको पाइएको अस्पतालका एम.डी.जी.पी. डा. प्रदीप कुमार दासले बताए ।

शिशुको गम्भीर अवस्था र आकस्मिक शल्यक्रियाका बारेमा आमा र आफन्तलाई परामर्श दिएपछि तुरुन्तै शल्यक्रिया गरिएको उनको भनाइ छ । सफल शल्यक्रियाबाट २ किलो ५ सय ग्राम तौलको शिशु जन्मिएको र शल्यक्रियाको क्रममा पाठेघरको तल्लो भाग निकै पातलो भएको तथा पाठेघरमा पानीको मात्रा शून्य अवस्थामा रहेको पाइएको छ ।

यस अघि पनि प्रदेश अस्पताल जोमसोममा ४१ हप्ता ३ दिनको अवस्थामा शल्यक्रियामार्फत नै सफल रूपमा बच्चा जन्माइएको थियो । बच्चाको आकार सामान्यभन्दा ठुलो रहेको तथा प्रसव पिडा सुरु नभएको अवस्थामा शल्यक्रिया गरेर बच्चा निकालिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->