आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

म्याग्दीका दुई पालिका पूर्ण खोप सुनिश्चित घोषणा

म्याग्दीका दुई पालिका पूर्ण खोप सुनिश्चित घोषणा


  • अमृत बास्कुने
  • बैशाख २८ २०८३, सोमबार
?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

म्याग्दी/जिल्लाका छमध्ये दुई वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरेका छन् । अन्य चार वटा स्थानीय तह पनि अन्तिम तयारीमा रहेका छन् ।

सदरमुकाम समेत रहेको बेनी नगरपालिका र मंगला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन् । मालिका गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, धवलागिरी गाउँपालिका र रघुगंगा गाउँपालिकाले पनि जेठ पहिलो हप्ता सम्ममा पूर्ण खोप पालिका घोषणाको तयारी थालेका छन् ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल मृत्युदर घटाउने र खोपसेवाको विस्तार तथा सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता दिने प्रतिबद्धता सहित बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष डिलकुमारी खत्रीले खोप मानव जीवनका लागि अपरिहार्य भएकोले यसबाट कोही पनि छुट्नु नहुनेमा जोड दिइन् । उनले मानवजीवनमा स्वास्थ्य धेरै महत्वपूर्ण हुने र त्यसका लागि सबैले खोप लगाउनै पर्ने बताइन् ।

बेनी नगरपालिकाकी स्वास्थ्यशाखाकी लिलाकुमारी गौतमले सबै वडाको घरधुरी सर्वेक्षण गरी १५ महिना मुनिका तीन सय एक र १६ महिना देखि ५ वर्ष मुनिका एक हजार ७३ जना बालबालिकाले १५ महिना भित्र पाउनु पर्ने सबै खोप पाएको सुनिश्चित गरेपछि यो कार्यक्रम आयोजना गरेको बताइन् ।

१५ महिना सम्मका बालबालिकाले बिसिजि, रोटा, पोलियो, एफआईपीभी, पिसिभि, डिपिटि, हेपटाइटिस बि, दादुरा रुवेला र जापानीज इन्सेपलाइटिस लगायतका १४ रोगका बिरुद्ध ११ वटा खोप लगाउने तालिका हुन्छ ।

त्यसैगरी मंगला गाउँपालिकामा १५ महिना मुनिका १४० जनाले पूर्ण खोप पाएको र १६ देखि ५९ महिनाका पाँच सय ६१ जना बालबालिकाले १५ महिना भित्र लगाउनु पर्ने पुरै खोप पाएको सुनिश्चित भए पछि पूर्ण खोप सुनिश्चित तथा दिगो पन घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार गाउँपालिकाले २०८३ बैशाख ७ देखि ११ गते सम्म वडाहरुलाइ पूर्ण खोप घोषणा गरिएको छ ।

मालिका गाउँपालिका स्वास्थ्या शाखाकी सन्तुकुमारी खत्रीका अनुसार हाल सम्म पालिका भित्रका ७ मध्ये ३ वडा पूर्ण खोप सुनिश्चितता घोषणा भै सकेको छ भने बाँकी यही महिना भित्रै सकेर जेठ पहिलो हप्ता पूर्ण खोप पालिका घोषणा हुने छ ।

अन्नपुर्ण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले गाउँपालिकाका ८ मध्ये ७ वडा पूर्ण खोप घोषणा भएको बताए । उनले भने अब ७ नम्बर वडा हिस्तान घोषणा पछि पालिका घोषणा गरिनेछ ।

हाल नेपालमा १६ हजार भन्दा बढी खोप केन्द्रहरुमा १७ हजार भन्दा बढी खोप सेसन हुने बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत दिपेश पौडेलले बताए ।

नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नै प्रत्येक बालबालिकालार्य पूर्ण खोप पाउने कानुनी व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा गर्ने गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ मा स्थानीयतहको काम कर्तव्य र अधिकार तथा वडा समितिको काम कर्तव्य र अधिकारभित्र आधारभूत स्वास्थ्य सेवा अन्तरगत खोप सञ्चालनको व्यवस्था गरेको छ ।

म्याग्दी जिल्लालाई २०७१ चैत १५ गते पूर्ण खोप घोषणा गरिएको थियो भने हालसम्म पनि सबै वडा तथा पालिका हुँदै जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->