शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धौलागिरी अस्पतालमा ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया

धौलागिरी अस्पतालमा ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया


  • ढाेरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

बागलुङ/धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ४२ जनाको निशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरी आँखा अस्पताल उपल्लाचौरको प्रावधिकि सहयोगमा शल्यक्रिया गरिएको हो ।

धौलागिरी प्रादेशिक अस्पतालको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सोमबार आयोजित मोतियाविन्दुको निशुल्क शल्यक्रिया शिविरमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका गरी ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

विभिन्न समयमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा गरिएको स्क्रिनिङ शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीको लगत संकलन गरी धौलागिरि अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले जानकारी दिए ।

शिविरमा हिमालयन आँखा अस्पतालका कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट डा. नारायणी भट्टराई रोकाको नेतृत्वमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको अस्पतालका कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट डा. कुशल गुरुङले जानकारी दिए । निःशुल्क शल्यक्रिया सेवा पाउँदा सेवाग्राही हर्षित बनेको डा. गुरुङले बताए ।

डा. गुरुङका अनुसार, गाउँमा गरिएको शिविरमा बिरामीहरुमा विभिन्न प्रकारका आँखा रोग तथा विकार फेला परेका थिए । दृष्टि दोष भएका बिरामीलाई चस्मा र सामान्य बिरामीलाई औषधी वितरण गरिएको थियो । यस्तै छड्के र डेढो÷बाङ्गो आँखा, जलविन्दु र पर्दा सम्बन्धी, आँखाको एलर्जी र सुख्खा आँखा भएका बिरामी भेटिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->