स्याङ्जा/ फेदिखोला गाउँपालिका–१ भट्टीखानका कुसल पोखरेल र असल पोखरेलले ‘ज्योया’ एआई असिस्टेन्ट विकास गरेका छन् । स्थानीय चण्डीडाँडा माविमा कक्षा –१२ मा अध्ययनरत कम्प्युटर साइन्सका विद्यार्थी कुसल र असलले पालिकाको आइटी परियोजना अन्र्तगत कम्प्युटर साइन्सको पाइथन प्रोग्राम मार्फत ‘ज्योया’ को विकास गरेका हुन् ।
पढ्ने क्रममा आइटी शिक्षक विसाल लामिछानकोे सहयोगमा करिब छ महिनाको समयमा यो विकास गरेको कुसलले बताए । कम्प्युटर मार्फत सहयोगीको रुपमा रोबोटको प्रयोग गरेर ‘ज्योया’ ले प्रयोगकर्ताको निर्देशन अनुसार गीत बजाउने, यूट्युब खोल्ने, वेभसाइड खोल्ने, गुगल क्रोम चलाउने र टाइम तथा मनसुनको बारेमा जानकारी दिने पोखरेलले बताए ।
एआई चलाउने र युट्युट चलाउदाँ चलाउदै बनाउन जानेको बताउदै पोखरेलले ‘ज्योया’मा इमेज जेनेरेसन र डाटाबेस नभएको जनाए । च्याटजेपीटी जस्तै बनाउने लक्ष्य लिएपनि अहिले भने एडभान्स नभएको र ब्यक्तिगत कम्प्युटरमा मात्र चल्ने छ भने विकास गर्दै विस्तृत खालको बनाउने लक्ष्य पोखरेलले राखेका छन् । केही गरौ भरेर विद्यार्थीलाई कन्सेप्ट दिएको र त्यसैको आधारमा विद्यार्थीले ‘ज्योया’ बनाएको विद्यार्थीका आइटी शिक्षक विसाल लामिछानेले बताए । आफ्नो प्रोजेक्टको लागि ‘ज्योया’ ठिक रहेको छ भने ब्यवसायीक र रिक्स हुने खालका कामहरु गर्न सक्ने छ ।
‘ज्योया’ को सहयोगी रोबोट प्रोग्रामबाट नभई रिमोटबाट चल्ने र हिड्ने छ भने आगामी दिनमा प्रोग्रामबाटै चल्ने र हिड्ने बनाउने लक्ष्य रहेको लामिछानेले बताए । सिक्दा सिक्दै प्रोग्राम बनेको र खुसीबाट ज्योया नाम राखिएको यसको कन्ट्रोल प्रोग्रामले गर्ने र कार्यान्वयन रोबोटले गर्नेछ । फेदिखोला गाउँपालिकाले आयोजना गरेको प्रथम विज्ञान तथा प्रविधि प्रदर्शनीमा प्रस्तुत परियोजनाले स्थानीय स्तरमै विकसीत डिजिटल नवप्रर्वतनको सम्भावना उजागर गरेको हो । ‘ज्योया’ लाई ग्रामीण क्षेत्रका विद्यार्थीको सिर्जनात्मक क्षमताको उदाहरणका रूपमा लिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
फेदीखोला गाउँपालिकाले ६ वर्ष अघिदेखि एक विद्यालय, एक आईटी शिक्षक कार्यक्रम सञ्चालन गर्दै विद्यालयस्तरमै आईटी ल्याब र डिजिटल शिक्षाको विस्तार गर्दै आएको छ । गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयमा आईटी कक्षा सञ्चालनमा छन् भने एक हजार छ सय विद्यार्थी आईटी शिक्षामा आबद्ध रहेका छन् । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सिमीत स्रोत साधनका बीच पनि आईटी अभियानलाई निरन्तरता दिइएको सुवेदीले उल्लेख गरे । स्थानीय तहमा प्रविधिमैत्री शिक्षा विस्तारले भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ ।





