शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

म्याग्दीका ४ पालिका पूर्णखोप घोषणा

म्याग्दीका ४ पालिका पूर्णखोप घोषणा


  • अमृत बास्कुने
  • जेष्ठ ५ २०८३, मंगलबार

पोखरा/जिल्लाका चारवटा स्थानीय तहलाई पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको छ भने मंगलबार दुई वटा पालिकाको पनि घोषणा हँुदै छ ।

जिल्ला भित्रका सबै स्थानीय तहका ४५ वटै वडाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै जिल्लाका सबै पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना कायम भइसकेको छन् ।

सोमबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष डिलकुमारी खत्रीले गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलाई पूर्णखोपको प्रमाणपत्र हस्तान्तरण गरेसंगै गाउँपालिका यस वर्ष पनि पूर्णखोप सुनिश्चित भएको रघुगंगा गाउँपालिका खोप समन्वय समितिका सदस्यसचिव एवम् गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र प्रसाद जैसवालको भनाई छ ।

मंगलबार मालिका गाउँपालिका र अन्नपूर्ण गाउँपालिका पनि पूर्णखोप घोषणा भए सँगै पूरै जिल्ला पूर्ण खोप हुने खत्रीको कथन थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->