शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोटका नौ वडा पूर्णखोप सुनिश्चित घोषणा

गलकोटका नौ वडा पूर्णखोप सुनिश्चित घोषणा

नगरभित्रका १ हजार ३ सय २० बालबालिकाले खोपको मात्रा पूरा गरेपछि नगरपालिकालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्ने योजना छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८३, बिहिबार

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिकाका नौ वडालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि ५९ महिनाका सबै बालबालिकाले पूर्णखोप पूरा गरेपछि नौ वडालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

नगरपालिकाका एघारमध्ये वडा नं. १ दुदिलाभाटी, वडा नं. २ नरेठाँटी, वडा नंं ३ हटिया, वडा नं. ४ ओखरबोट, वडा नं. ५ हरिचौर, वडा नं. ७ मल्म, वडा नं. ८ काँडेबास, वडा नं. ९ बास्खोला र वडा नं. ११ रिघालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिरा शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार, गलकोटका वडा नं. ६ चरौंदी र वडा नं. १० पाण्डवखानीलाई पूर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी छ । नगरभित्रका १ हजार ३ सय २० बालबालिकाले खोपको मात्रा पूरा गरेपछि नगरपालिकालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्ने योजना छ ।

पूर्णखोप सुनिश्चित घोषणा गरिएका दुदिलाभाटीका १ सय ५८, नरेठाँटीका १ सय ५३, हटियाका २ सय ३, ओखरबाटेका १ सय १२, हरिचौरका १ सय १७, मल्मका ९३, काँडेबासका ६९, बास्खोलाका ७२ र रिघाका १ सय १६ बालबालिकाले पूर्णखोप लगाएका छन् ।

गलकोटका नगरप्रमुख भरत शर्मा गैरेले पूर्णखोप सुनिश्चितता अभियानले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने बताउँछन् । पूर्णखोप अभियानलाई दिगो बनाउन सबै सरोकारवालाको साझा दायित्व भएको गैरेको भनाई छ ।

बाँकी रहेका वडालाई पनि क्रमशः पूर्णखोप सुनिश्चित घोषणा गर्दै जाने र चालु आर्थिक वर्षभित्रै नगरपालिकालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने तयारी चलिरहेको नगर स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिए ।

राष्ट्रिय खोप तालिका अनुसार, तोकिएका उमेर समूहका बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाइफाइड लगायतका रोग विरुद्धको पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->