शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

निजी अस्पतालबाट दिइने स्वास्थ्य बिमाका सेवा अनिश्चितकालका लागि स्थगन

निजी अस्पतालबाट दिइने स्वास्थ्य बिमाका सेवा अनिश्चितकालका लागि स्थगन


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १३ २०८३, बुधबार

पोखरा/ स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक अन्य स्वास्थ्य बिमाका सेवा अनिश्चितकाल सम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ।

‘बढ्दो वित्तीय संकट’ को कारण देखाएर स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी अस्पतालबाट दिइने स्वास्थ्य बिमा सेवा यही जेठ १६ देखि अस्थगन गरिएको हो । तर आकस्मिक सेवा भने प्रदान गरिने बोर्डले जनाएको छ।

स्वास्थ्य बिमा बोर्डका अनुसार स्वास्थ्य बिमा बोर्डको बोर्ड बैठकको मिति २०८३/०२/११ गतेको निर्णयानुसार स्वास्थ्य बिमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बिमाका सेवा मिति २०८३ साल जेठ १६ गतेदेखि लागु हुने गरी स्थगन गर्ने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->