शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बरेङ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

बरेङ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा


  • ढाेरपाटन संवाददाता
  • असार ५ २०८३, शुक्रबार

बागलुङ/दक्षिण बागलुङको बरेङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । बरेङका सबै बालबालिकाले आवश्यक खोपको मात्रा पुरा गरेपछि शुक्रबार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

बरेङमा बसोबास गर्ने १६ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप प्राप्त गरेपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गरिएको जनस्वास्थ्य अधिकृत पदमबहादुर पुनले बताए ।

पुनका अनुसार, बरेङ गाउँपालिकाअन्तर्गत वडा नं. १ का ३१ जना, वडा नं. २ का ३५ जना, वडा नं. ३ का ४९ जना, वडा नं. ४ का १५ जना र वडा नं. ५ का १० जना गरी १ सय ४० जना १५ महिना मुनीका बालबालिकाले खोप लगाएका छन् ।

यस्तै वडा नं. १ का १ सय ६ जना, वडा नं. २ का ९० जना, वडा नं. ३ का १ सय २४ जना, वडा नं. ४ का ४३ जना र वडा नं. ५ का ३९ जना गरी जम्मा ४ सय २ जना १६ देखि ५९ महिना सम्मका बालबालिकाले खोप लगाएका छन् ।

कार्यक्रममा स्वास्थ चौकी, स्वास्थ एकाईका प्रमुख तथा प्रतिनिधिलाई गाउँपालिकाले सम्मान गरेको थियो । आगामी दिनमा पूर्णखोप सुनिश्चिततालाई दिगोपना कायम गर्न सबैले दायित्व पुरा गर्नुपर्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->