शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ बजारमा संयुक्त बजार अनुगमन

बागलुङ बजारमा संयुक्त बजार अनुगमन


  • ढाेरपाटन संवाददाता
  • असार २५ २०८३, बिहिबार

बागलुङ/जिल्ला स्तरीय अनुगमन समितिले बागलुङका होटल तथा अन्य व्वयसायको संयुक्त अनुगमन गरेको छ । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको नेतृत्वमा उपभोक्ता मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, बागलुङ नगरपालिकाको टोलीले संयुक्त अनुगमन गरेको हो ।

अनुगमनको क्रममा बागलुङका केही डिर्पाटमेन्टल स्टोरमा म्याद गुज्रेका सामाग्री अत्याधिक भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुमन लामिछानेले दिएको जानकारी अनुसार, कालीका मार्टमा ४ हजार ९ सय ५५ रुपैयाँका म्याद गुज्रेका सामान बरामद भएको छ भने क्वालीटी फुटको मसला म्याद गुज्रेको भेटिएको थियो । उक्त मसला पनि ३ हजार ८ सय रुपैयाँ बराबरको बरामद गरिएको हो ।

साथै, उनीहरुलाई म्याद गुज्रेको सामान नबेच्न सचेत बनाइएको छ । होटलतर्फ सरसफाइमा ध्यान नदिएको पाइएको छ । अधिकांस मझौला होटलको भान्सा कोठा फोहोर रहेको, मापदण्डमा नरहेको पाइएको हो । त्यस्तै कतिपय होटलले लोकल रक्सी र जाँड राखेकोले बरामद पनि गरिएको थियो ।

पहिलो चरणमा सबैलाई सुझाव दिएकोले जरिवाना नगरिएको लामिछानेले बताए । समितिले नियमित रुपमा बजार अनुगमन गर्ने र त्यसका लागि स्थानीय तहलाई पनि जिम्मेवार बनाउने भएको बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->