बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पैयूँको अस्पताल सञ्चालन गर्ने तयारी

पैयूँको अस्पताल सञ्चालन गर्ने तयारी

अमेरिकी सहयोगमा २०५० सालमा सञ्चालन भए पनि जनयुद्धका बेलामा बन्द भएको अस्पताल पुनः सञ्चालनको बाटो खुलेको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८३, शनिबार

पर्वत/करिब २५ वर्षदेखि बन्द रहेको पर्वतको पैयूँ गाउँपालिका–४ को मिसन अस्पताल सञ्चालन गर्न मेडिहेल्थ सेन्टर समितिले प्रक्रिया अगाडि बढाएको छ । गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका अन्तर्गतको एनआरएनए मेडिहेल्थ सेन्टर समितिको पहलमा एनआरएनए मेडिहेल्थ सेन्टर दर्ता भई प्रमाणपत्र पाएको छ ।

यससँगै अमेरिकी सहयोगमा २०५० सालमा सञ्चालन भए पनि जनयुद्धका बेलामा बन्द भएको अस्पताल पुनः सञ्चालनको बाटो खुलेको छ । मेडिहेल्थ समिति अध्यक्ष माधव मरासिनीले अस्पताल कम्पनी रजिस्ट्रार कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको बताए ।

ऐतिहासिक अस्पताललाई पुनः सञ्चालनमा ल्याई ग्रामीण भेग नागरिकलाई गुणस्तरीय, सहज र दिगो स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा काम अघि बढाइने उनको भनाइ छ । करिब सात रोपनीमा रहेको अस्पतालको भवन अहिले पनि अलपत्र छ । पैयुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले कोभिड–१९ महामारीका बेलामा उक्त अस्पताललाई गाउँपालिकाले सञ्चालन गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->