शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वर्षमा ८० हजार सेवाग्राही

वर्षमा ८० हजार सेवाग्राही

अस्पतालले बिरामीको आवश्यकता र व्यस्तालाई ख्याल गरी ओपिडी सेवाबिहान, बेलुका पनि चलाएको छ


  • सन्तोष रेग्मी
  • साउन १२ २०८३, मंगलबार

पर्वत/प्रदेश अस्पताल पर्वतमा गत आर्थिक वर्षमा ८० हजार ९ सय ९०बिरामीले सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार साउनमा ७ हजार १ सय १६, भदौमा ७ हजार २ सय १३, असोजमा ६ हजार ७ सय ८ र कात्र्तिकमा ५ हजार ७ सय ५९ जनाले सेवा लिएका छन् ।

मंसिरमा ६ हजार ९४, पुसमा ७ हजार १ सय ६२, माघमा ६ हजार ५१, फागुनमा ५ हजार ५ सय ७२, चैतमा ७ हजार २ सय ३०, वैशाखमा ६ हजार ८ सय ३१, जेठमा ७ हजार ७ सय १ र असारमा ७ हजार ५ सय ५३ जनाले सेवा लिएको देखिएको छ । अस्पतालको आकस्मिक कक्षबाट मात्रै ८ हजार ३ सय ३४ जनाले सेवा लिएका छन् ।

साउनमा ६ सय ४५, भदौमा ६ सय ११, असोजमा ९ सय ७५, कात्र्तिकमा ७ सय ९९, मंसिरमा ४ सय ३८, पुसमा ६ सय ८, माघमा ५ सय १९, फागुनमा ६ सय २९, चैतमा ६ सय ५६, वैशाखमा ७ सय ६२, जेठमा ८ सय १ र असारमा ८ सय ९१ जनाले आकस्मिक कक्षाबाट सेवा लिएको देखिएको छ ।

सेवा लिएका कुल बिरामीमध्ये २२ हजार २ सय ६९ जना पहिलो पटक आएका हुन् । बाँकी करिब ५९ हजार यस अगाडि पनि कुनै कुनै उपचारकालागि अस्पतालको दर्ता प्रणालीमा प्रविष्ट भएकाहरू रहेको सूचना अधिकारी सुवेदीले बताए । अस्पतालमा आएकामध्ये १ हजार ८ सय ९९ जनालाई भर्ना नै गरेर उपचार गरिएको छ ।

८ सय १३ जनालाई खोप, ६ जनाको भ्याक्युम प्रयोग गरी सुरक्षित सुत्केरी सेवा, १ सय ५८ जनालाई औजारको प्रयोग नगरी सुरक्षित सुत्केरी सेवा, १ सय १८ जनालाई शल्यक्रियामार्फत सुत्केरी सेवा, २ सय ८० जनामार्फत एकल बच्चाको जन्म, एक जना आमाद्वारा जुम्ल्याहा बच्चाको जन्म भएको छ ।

पोषण पुनःस्थापना गृहमा भर्ना गरेर ३५ जना बालबालिकाको स्वास्थ्यमा सुधार गरिएको छ भने ४ सय ३८ जनाको अर्थोपेडिक (हड्डी) विभागमा प्लास्टर गरिएको छ । १६ हजार ७ सय १ वटा एक्स–रे गरिँदा ८ हजार ४ सय ८ वटा भिडियो एक्स–रे गरिएको देखिएको छ । ७ हजार ४ सय ९२ जनाको इसिजी गरिएको अस्पतालको तथ्यांक छ ।

अस्पतालमा २ हजार ४ सय ७० वटा साना खालका तथा १ सय ५५ वटा ठूला खालका शल्यक्रिया गरिएको छ । १ सय ४३ जनाले सुरक्षित गर्भपतन सेवा लिएको, अस्पतालको सामाजिक सेवा एकाइमार्फत सेवा लिएकाहरूको संख्या ३०२ छ । यस्तै एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत ३९ जनालाई सेवा दिइएको छ ।

अस्पतालले प्रवाह गरिरहेको सेवा र बिमाका कारण विगतका वर्षका तुलनामा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको मेडिकल सुपरिटेन्डेन्ट डाढुण्डिराज पौडेलले बताए । २०८१÷०८२ मा झन्डै ७४ हजारले स्वास्थ्य सेवा लिएकोमा गत वर्ष ८० हजार सेवाग्राही पुगेका हुन् । पछिल्लो एक वर्षमा ६ हजार बढी व्यक्तिले सेवा लिएका छन् ।

‘अस्पतालले हरेक वर्षसेवालाई विस्तृत र प्रभावकारी बनाउने लक्ष्य राखेको हुन्छ । स्वास्थ्य बिमा तथा अस्पतालप्रति नागरिकको विश्वासका कारण पनि हरेक वर्ष स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढ्दै गएको. छ’, उनले भने, ‘विगतमा सामान्य उपचारका लागि पनि पोखरा अन्य अस्पतालमा ‘रिफर’ गर्नुपर्ने बाध्यता रहँदै आएकोमा पछिल्ला वर्षमा अस्पतालले विभिन्न शल्यक्रियासहित विशेषज्ञ सेवा प्रदान गरिरहेको छ ।’

शल्यक्रिया सहितका अन्य विशेषज्ञ सेवा जिल्लामै पाउने भएपछि बिरामीले धेरै रकम खर्च गरेर टाढा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने अवस्था अन्त्य हुँदा पनि अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियार (शिव) बताउँछन् । अस्पतालप्रतिको विश्वासका कारण नै पर्वत जिल्ला सहित बागलुङको बलेवा, नारायणस्थान, अमलाचौर, बिनामारे, कुश्मीशेरा, दमेक लगायतका स्थानका बिरामीसमेत प्रदेश अस्पताल पर्वतमा आउने गरेको उनको भनाइ छ ।

पछिल्ला केही वर्षमा निर्माण भएका आधुनिक सुविधा सहितका भौतिक संरचना र शल्यक्रिया सेवा प्रदान गर्ने चिकित्सकको व्यवस्थापन हुँदै गएपछि अस्पतालमा सेवाग्राहीको संख्या बढिरहेको छ । अस्पतालले बिरामीको आवश्यकता तथा सरकारी वा गैरसरकारी सेवामा संलग्न रहेकाहरूको व्यस्त समयलाई ख्याल गरेर ओपिडी सेवालाई बिहान र बेलुकाको समयमा पनि विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->