आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपहपको तयारीमा युवा

नेपहपको तयारीमा युवा


  • ढाेरपाटन संवाददाता
  • साउन २३ २०८३, शनिबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: photo;hw-remosaic: false;touch: (0.58314794, 0.3497674);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 32;

बागलुङ/¥याप गीतको ‘नेपहपको श्रीपेच ३’ रियालीटी शोकालागि उत्कृष्ठ पाँचौमा छानिएका बागलुङका युवा फाइनलको तयारीमा लागेका छन् । बागलुङ नगरपालिका वडा नं ७ तितौरे घर भइ हाल वडा नं. ४ बस्ने किरण शर्माले फाइनलकालागि मत माग्दै तयारी गरेका हुन् ।

उनले स्थानीयलाईपनि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् । त्यसकालागि उनले पत्रकार सम्मेलन समेत गरेर आफ्नो तयारी बारे जानकारी दिए । शनिवार पत्रकार सम्मेलन गरेर त्यसकालागि सबैलय क्युआर मार्फत भोट दिन आग्रह गरेका थिए ।

५ हजार जनाबाट अन्तिम छनौटमा परेका ५ जनामा आइ पुगेका शर्मालाई जिताउन सकेमा जिल्लामै यस्तै प्रकृतिका शोहरु देखाउन र आयोजना गर्न पाइने, त्यसबाट पर्यटन प्रवद्र्धनमा पनि फाइदा पुग्ने सहयोगी संस्था प्रबुद्द युवा समूह अध्यक्ष रोहित सुनारले बताए । उनको यो यात्रामा प्रबुद्द युवा समूह, सनम वर्कशप, गुठी युवा क्लब,बागलुङ एकता क्लब, चिप्लेटी युवा क्लब लगायतका संस्था पनि जोडिएका छन् । उनीहरुले सहयोग गरिरहेको शर्माले बताए ।

फाइनलमा उत्कृष्ट बनाउन अधिक मतदान गर्नुपर्ने प्रावधान छ । अहिलेसम्म शर्माले आफ्नो क्षमता प्रर्दशन गरेर उत्कृष्ठमा पुगेका थिए । अबको फाइनल भने भोटिङको आधारमा प्राथमिकीकरणमा पर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->