सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन

५४७ को शव फेला, २७ प्रहरी कर्मचारी सम्पर्कविहीन


  • ढाेरपाटन संवाददाता
  • भाद्र १२ २०८३, शुक्रबार

पोखरा / रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसपछिको विपद्का कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ । प्रहरीले दिएको पछिल्लो तथ्याङ्क अनुसार बाढी तथा विपद् प्रभावित विभिन्न जिल्लाहरूबाट शव सङ्कलन तथा खोजी कार्य जारी राखिएको छ ।

प्राप्त विवरण अनुसार सबैभन्दा बढी चितवनमा २२१ जना, नवलपुरमा १३४ जनाको शव फेला परेको छ । यसै गरी धादिङमा ४०, गोरखामा ४४, नुवाकोटमा ३८, तनहुँमा २९, रसुवामा १३ तथा नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

उद्धार तथा खोजी कार्यका लागि प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ । विपद्का क्रममा २७ जना प्रहरी कर्मचारीहरू हालसम्म सम्पर्कविहीन रहेका छन्, जसमध्ये १ जना मृत अवस्थामा फेला परिसकेका छन् ।

बाढीका कारण घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या १ हजार ४७३ पुगेको छ । जसमध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपश्चात् डिस्चार्ज भएका घाइतेहरूको सङ्ख्या १४ रहेको छ । प्रभावित क्षेत्रमा सुरक्षा निकायहरूले उद्धार कार्यलाई तीव्र बनाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->