सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ९ सय ३ पुग्यो

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ९ सय ३ पुग्यो


  • ढाेरपाटन संवाददाता
  • भाद्र १५ २०८३, सोमबार

काठमाडौं/भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९ सय ३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले जारी गरेको सोमबार बिहानसम्मको विवरणअनुसार अझै ४ हजार २ सय ४७ जना सम्पर्कविहीन छन् ।

प्राधिकरणका अनुसार हालसम्म रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी-पूर्वमा २ सय ७, नवलपरासी-पश्चिममा १ सय ५१, तनहुँमा ३७ र चितवनमा २७२ वटा शव फेला परेका हुन् ।

यस्तै सम्पर्कविहीनमा नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, रसुवाका ८ सय ६५ जना, नुवाकोटका १हजार ५ सय ५८ जना, जलविद्युत् आयोजनाका ९ सय ३३ जना, मकवानपुरका ६५ जना छन् ।

यसैगरी विदेशी नागरिक ५ सय ९२ जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १ सय २७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि अहिलेसम्म सम्पर्कविहीन छन् । यस्तै आज बिहान ९ बजेसम्म १० हजार ४ सय ५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->