सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

१ हजार ३४४ को मृत्यु, ४ हजार ८९८ जना सम्पर्कविहीन

१ हजार ३४४ को मृत्यु, ४ हजार ८९८ जना सम्पर्कविहीन


  • ढाेरपाटन संवाददाता
  • भाद्र २० २०८३, शनिबार
भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

काठमाडौं/रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३ सय ४४ पुगेको छ ।

नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३ सय ४४ शव फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार यो तथ्यांक शनिबार बिहान ५ बजेसम्मको हो । तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २ सय ६९ महिला, ४ सय ८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५ सय १ शव रहेको पनि जनाएको छ ।

प्रहरीको पछिल्लो अपडेटमा चार हजार ८ सय ९८ जना सम्पर्कविहीन रहेका छन् । सुरक्षाकर्मीले अहिलेसम्म आठ जना ६ सय ३१ जना बाढी प्रभावितको उद्धार गरिएको तथ्यांकमा उल्लेख छ ।

बाढीमा परी २५ जना प्रहरी सम्पर्कविहीन रहेका र ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका बताइएको छ । प्रहरीले बाढी प्रभावितको खोज, उद्धार र राहतका लागि सात हजार ९ सय १२ जना परिचालन गरिएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->