सोमबार, असोज १९ २०८३

सोमबार, असोज १९ २०८३
  • १९ असोज २०८३ , सोमबार
  • October 5 2026

भिरबाट लडेर मृत्यु

भिरबाट लडेर मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८३, सोमबार
तस्विर एआई

स्याङ्जा/ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ सुनार टोलकी ३५ वर्षीया सबिना सुनारको भिरबाट लडेर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार बिहान करिब १० बजे मेलपानी भिरमा घाँस काट्ने क्रममा सुनार अचानक करिब ४०० मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन्।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी रापाकोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते सुनारलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल, पुतलीबजार, स्याङ्जा पठाइएको थियो।

अस्पताल पुर्‍याइएपछि चिकित्सकले बिहान ११ः५० बजे उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->