सोमबार, असोज १९ २०८३

सोमबार, असोज १९ २०८३
  • १९ असोज २०८३ , सोमबार
  • October 5 2026

आँधिखोलाले बगाएकी महिला मृत अवस्थामा फेला

आँधिखोलाले बगाएकी महिला मृत अवस्थामा फेला


  • ढाेरपाटन संवाददाता
  • भाद्र ३० २०८३, मंगलबार

स्याङ्जा / स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रेमा आँधिखोलाले बगाएर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ५ः२० बजे वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डेलाई आँधिखोलामा नुहाउने क्रममा खोलाले बगाएको थियो ।

घटनाको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली परिचालन गरी खोजतलास गरिएको थियो। खोजीका क्रममा पाण्डेलाई बिहान ६ः४५ बजे वालिङ नगरपालिका–१३ स्थित शान्तिघाटमा आँधिखोलाको ढुंगामा अड्किएको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->