सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

मधुसुधन परीक्षा नियन्त्रक

मधुसुधन परीक्षा नियन्त्रक


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८३, बुधबार

पोखरा/गण्डकी विश्वविद्यालयको परीक्षा नियन्त्रकमा डा मधुसुधन सुवेदी नियुक्त भएका छन् । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट सुवेदीलाई परीक्षा नियन्त्रक छानेको हो ।

असोज २ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषदले नियुक्त गरेका सुवेदीलेसोमबार पदभार ग्रहण गरेका छन् । उपकुलपति डा कृष्णराज अधिकारीको संयोजकत्वमा रजिस्ट्रार डा ढाकाराम भण्डारी र डिन प्रा हिमराज गिरी सदस्य रहेको छनोट तथा सिफारिस समितिले सुवेदीसहित ३ जनाको नाम छनोट गरेको थिायो ।

प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा डा सुवेदी छानिएका हुन् । डा सुवेदीभारतको तमिलनाडु फिजिकल एजुकेसन एन्ड स्पोट्र्स युनिभर्सिटीबाट खेलकुद व्यवस्थापनमा विद्यावारिधि हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->