शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ढोरपाटनमा इतिहासका चिनाहरू !

निसीभुजी र तमान क्षेत्रमा मगर, थकाली र छन्त्यालको घना बस्तीमा भेडाच्यांग्राको ऊन, भांगो र पुवा (अल्लो)को धागो एवं कपडा बनाउने चलन जीवितै छ। त्यही धागोबाट उत्पादित भांग्रा, कछाड, हर्दुला, घुम-काम्लो, राडी-पाखीलाई प्रयोग गर्ने चलनलाई...

साँझपख वनको चरीको आवाज

साँझपख घाम अस्ताउँदै गर्दा, पाखामा उक्लँदै गरेको उज्यालोको छायामा चराहरुको आवाज सुनिन्छ । चिरबिर… चिरचिर… च्याँ च्याँ… जसरी मनका भावहरू पनि फुसफुसाउँछन्, अदृश्य वेदनामा पनि गुञ्जिन्छ सृष्टिको स्वर । ती स्वरहरु केवल रमाइलो मात्र होइन, त्यो गीत हो – विरहको पनि,...

युगकवि सिद्धिचरण श्रेष्ठलाई सम्झिदा

सिद्धिचरण शब्दको बीउ रोप्ने किसान हुनुहुन्थ्यो । माटो उहाँको कविता थियो, जसमा सामाजिक न्याय अंकुराउँथ्यो । राणाशासनको कालो आकाशमुनि, जब बोल्नै नपाइने दिन थियो, त्यति बेलै उहाँको कलमले विद्रोह लेख्न थाल्यो । शब्द होइन, जागरण लेखियो । सिद्धिचरण-सिर्जनामा क्रान्तिको...

म्याग्दीका ईश्वरी कर्माचार्यका दुई कृति लोकार्पण

काठमाडौं / लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचनमा प्रतिनिधिमूलक प्रतिरोधी स्वरहरू शनिबार गुन्जिए भने वरिष्ठ जेष्ठ नागरिक ईश्वरी कर्माचार्यका दुई कृति, ‘गङ्गाजल’ र ‘प्रत्यागत’ लोकार्पण गरिए । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ परिषद् सदस्य...

धम्म पोखराको विपश्यना शिविरमा मेरो १० दिन

जिन्दगी यात्रा हो। यात्रामा गन्तव्य हुन्छ। बिना गन्तव्यको यात्रा हुँदैन। मानिसले जीवनमा हजारौँ-हजार यात्राहरू गरेको हुन्छ। प्रत्येक यात्रा निश्चित मुकाममा पुगेर टुङ्गिन्छन्। २०८१ चैत १८ को दिन हाम्रो लागि नवीन यात्राको सुरूआतको दिन थियो। हामीले...

कलमको सन्देश

कलम कहिल्यै बन्दुक थिएन, तर इतिहासमा यसको असर बारुद भन्दा गहिरो थियो। जसले सामन्ती महल हल्लायो, तानाशाहीको पर्दा च्यात्यो, र जनता बोल्न सिके-कलमको छायाँमा। विश्व प्रेस स्वतन्त्रता दिवस स्मरण हो, कि सत्य लेख्ने अधिकार जन्म सिद्ध होइन, संघर्षले पाएको उपहार हो। जनताको आवाज...

कथा : बिहेको कोट

तेह्र वर्षको उमेरमा आठ कक्षामा पढ्दै गरेको छोरो रघुलाई गिरिधरले भने, ‘ए रघे, अब तँ पनि लक्का जवान हुन लागिस्, घरजम गर्नुपर्‍यो । बिहे भन्ने कुरा बेलैमा गर्नुपर्छ, बुझिस् !’ गिरिधरको कुरा सुनेर रघु अलिअलि...

लोकतन्त्रको पर्खाइ

सुनिन्छ लोकतन्त्र आयो, २००७ सालमा जाग्यो, २०४६ मा जनताले फेरि चिच्याएर बोलायो, २०६२/०६३ मा फेरि जनसागर उठेर ल्यायो। तर सोधौँ न मनैदेखि कसको आगनमा आयो त्यो लोकतन्त्र ? कसको चुल्होमा तात्यो त्यो शासनको घाम ? गरिबको गाग्रीमा पानी छैन, किसानको खेतमा मल छैन, बिरामीको...

चैलेको आँगनमा पहिलो पाइला !

दक्षिणतिर पूरै सेताम्य देखियो नीलगिरि। हात तन्काए चुचुरो नै सुमसुम्याउन सकिनेजस्तो। भिरमा भेडा बत्तिए झैं गुडिरहेछ हामी चढेको मिनीबस। बस नै नअटाउने जस्तो साँघुरो बाटो छ, कालीगण्डकीको किनार। खोलाको विपरीत उत्तरतिर उक्लन खोज्दैछ हाम्रो...

बागलुङेसंग माछापुच्छ्रे: ऊ देखिन्न म संग !

लुम्ले-काँडे कटेपछि माछापुच्छ्रे हिमाल नदेखिनु भनेको बागलुङबाट पोखरा जाने साईतै नपरेजस्तो हो ! झन् अझ नौडाँडा पार गरिसक्दा समेत नदेखिनु त अचम्मै मान्छु मैले ! केहि साल यतादेखि मेरो यात्रामा यस्तै गरेको छ माछापुच्छ्रेले...

-->