तस्बिर : सामाजिक सञ्जाल
असार पन्ध्र आयो, धान दिवस भनियो ।
माना खाएर मुरी उब्जाउने दिन भनेर घोषणा गरियो ।
दही चिउरा खाउँ, खेततिर जाउँ,
भन्दै सामाजिक सञ्जाल रंगिन बनाइन्छ,
तर खेत भने बाँझो छ, माटो सुक्खा छ ।
फोटो खिचिन्छ, मुस्कान बाँडिन्छ,
तर खेतको भिजाइ छैन,
पैतालामा हिलो छैन, कोदालोमा पसिना छैन ।

लेखक
पासपोर्टका सपनाले कोदालोको बिउ गुम्यो,
विदेशका कमाइहरूमा आश लगाइयो,
आफ्नो खेत बिउ झन् बिर्सियो ।
एक दिन धान दिवस मनाउँछौं,
१४ र १६ असार भने रोकिन्छ खेत
‘रोप्ने होइन, देखाउने हो’ भन्ने चिन्तन पलायो ।
धान दिवसले सम्झना दिलाउँछ,
हामी खाद्यान्नमा आत्मनिर्भर हुन सक्थ्यौं,
यदि हाम्रा खेत बाँझो नरहेका भए ।
‘छुपुमा छुपु, हिलोमा धान रोपौँ’ भन्ने गीत
अब संगीतमा मात्र बाँकी छ,
कुलो सुक्खा छ, पानी पोखरीमा थन्किएको छ ।
धान रोप्ने कला सिकाउने सिँचाइ योजना हरायो,
अभियान बने–तर व्यवहारमा लागु भएन ।
अब समय छ ।
धान दिवसलाई मात्र उत्सव होइन,
कृषिमा पुर्नजागरण बनाउने अवसर मानौँ ।
माटो सम्याएर, कुलो बनाएर,
नयाँ पुस्तालाई कृषिमा आकर्षित गरौं ।
धान दिवसले आत्मनिर्भरताको बीउ छरोस् ।
माटोमै खनियोस् हाम्रो भविष्य ।
बागलुङ नगरपालिका १०, भकुण्डे





