पोखरा रंगशाला निर्माणमा यो क्षेत्रका बासिन्दाको अतुलनीय योगदान रहेको छ । अधिग्रहणको बेलाका जग्गादाता, भेंडाको मासुजस्तो हुन लागेको बेला संरक्षणको निम्ति पर्खाल लगाउने अभियानमा सघाउने दानवीर,सुविधासम्पन्न बनाउन अहोरात्र मिहिनेत गर्नेहरुको पसिनाले रंगशालाको भुइँ सिञ्चिएको...