बागलुङ/ हा…हो….इ..गाई भैंसीलाई किलो दाम्लो…
बाखरीलाई खोर साईंलो…
बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा गुञ्जिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेत गोडमेलमा लाग्छन् । स्थानीय भाषामा धानखेतको...
गीत–संगीतका ट्रेन्ड सेटर
‘आमैले सोध्लिन् नि खै छोरो भन्लिन्…’
एकताका यो गीत खुबै चर्चित बन्यो । चर्चित मात्रै बनेन्,जनजनको जिब्रोमै झुण्डियो । सार्वजनिक सभा समारोहमा होस् या पाखा पखेरामा सबैले यही गीत घन्कियो । परदेशिएका आमाहरु गीत सुनेर...
गोपाल खनालका ५ मुक्तक
१.फूल रोप्न गोडमेल गर्न नभइ चुँड्न भनिएको छ
ब्रेक लगाइएको छ र रफ्तारमा गुड्न भनिएको छ ।।
सर्वत्र छ काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर
स्वतन्त्रताका नाउँमा पखेटा बाँधी उड्न भनिएको छ ।।
२. कहिले दायाँ कहिले बायाँ...
अन्नपूर्णाको भोज
दुई किलो माछा लिएर ऊ आइपुग्यो । घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो । सधैं कति खसीको निहुँले राँगो खानु ? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर...
‘माछापुच्छ«े हिमचुलीको’ लिएर आए सन्तोष
पोखरा/गायक सन्तोष बस्यालको ‘माछापुच्छ«े हिमचुलीको’म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको हो ।
भिडियोमा गायक सन्तोष सँगै मोडल शर्मिला...
बिसीका चार मुक्तक
१
झर्छन् आँसु पोल्छ हियो, कस्ले बुझिदिन्छ
अरू झैं रमाउने चाहा थियो, कस्ले बुझिदिन्छ ।
दुर्घटनामा परी दुबै खुट्टाहरू गुमाएँ देखि
मेरा सपनाहरु सबै सकियो, कस्ले बुझिदिन्छ ।।
२
मान्छेहरू हुन्छन् भिन्न भिन्न, कहाँ सकिन्छ र
कुन असल छ कुन खराब...
सज्जनको ‘सुखीमाया’
बागलुङ/पत्रकार सज्जन कुमार सिंहको छोटो चलचित्र ‘सुखीमाया’ सार्वजनिक भएको छ । समसामयीक बिषय बस्तुमा तयार पारिएको चलचित्र युटुव मार्फत सार्वजनिक भएको हो । प्रेममा फसेका किशोर किशोरीले अपरिपक्क उमेरमा बिहे गर्दा आईपर्ने समस्याको बिषय...
यसरी जन्माए कवि तीर्थले बाघ !
पोखरा, १५ साउन– आइतबार बिहानै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा बाघको बडेमानको फोटोसहित कवि तीर्थ श्रेष्ठको कविता पोष्ट गरे ।अन्तर्राष्ट्रिय बाघ दिवसको शुभकामना दिन उनले रोजेको पोखरेली कवि तीर्थ श्रेष्ठको बाघ...
कथा : रातभरि हुरी चल्यो
छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ’ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ ।
घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा...
भाग् कुहिरो भाग्
भाग् कुहिरो भाग्
भाग् कुहिरो भाग्
हेर्दा आकार छैन
छेक्छ देखिँदैन
आफ्नो बाटो लाग्
भाग् कुहिरो भाग्
रुवा हो कि भुवा
बाफ हो कि धुवाँ
धमिलो छ दाग
भाग् कुहिरो भाग्
मन छ उता पुग्ने
गुँडमै कति लुक्ने ?
भन्छ चरो काग
भाग् कुहिरो भाग्
सधैँ कति डस्छस्...