बागलुङ/ किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बालीको प्रशोधनका लागि बागलुङ नगरपालिका ३, गौंडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा आएको छ । कृषि उत्पादन तथा बजारीकरणको काम गरिरहेको मिर्मिरे कृषि सहकारीले उद्योग सञ्चालनमा ल्याएको...
गल्याङमा १११ किसानलाई सम्मान
वालिङ/ गल्याङ नगरपालिकाले शुक्रबार एक सय ११ जना किसानलाई सम्मान गरेको छ । व्यावसायिक रुपमा कृषि कर्ममा लाग्दै आएका किसानलाई नगरपालिकाले सम्मान गरेको हो ।
किसानहरुलाई सम्मान गर्र्दै नगरप्रमुख भुपराज अधिकारीले व्यावसायिक रुपमा कृषि कर्ममा...
लायन्स क्लब कालिकाको सहयोग
पोखरा/ लायन्स क्लब अफ पोखरा कालिका भ्युटाउनले पोखरा ३२ राधाकृष्ण विद्याश्रम र त्यहाँ रहेको गुरुकुल संस्कृत विद्यालयलाई खाद्यान्न, स्टेसनरी र न्यायो कपडा वितरण गरेको छ ।
क्लबले विद्याश्रम रहेका वृद्धवृद्धाहरुको लागि खाद्यान्न र राधाकृष्ण विद्याश्रम...
आजबाट ‘सेन्चुरी ल्होसार’ मेला
पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आइतबारबाट २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सव सुरु हुने भएको छ ।
आयोजक सेन्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङका अनुसार आयोजना मेला पुस १४ गतेसम्म चल्नेछ । उनका अनुसार...
कर्मचारी युनियनमा देव शर्मा आचार्य
बागलुङ/नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमापुन देव शर्मा आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार भएको अधिवेसनले आचार्यको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शिव शर्मा र जोक बहादुर घर्ती मगर, सचिवमा...
बलेवामा सञ्चालित शिविरमा २२५ जनाको स्वास्थ्य परीक्षण
बागलुङ/ बागलुङको बलेवामा सञ्चालित मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी एक दिने शिविरमा दुई सय २५ जनाले निशुल्क परीक्षण गराएका छन् । बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक दिने शिविरमा बलेवा...
पृथ्वी हिरण्यले शैक्षिक सुधार अभियान थाल्ने
बागलुङ/भौतिक संरचना बलियो बनाएको बलेवाको एक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तर सुधारका अभियान सञ्चालन गर्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माविले विद्यालयको शैक्षिक क्षेत्र सुधार अभियान सञ्चालन गर्ने घोषणा...
कर्मचारी युनियनको आठौ जिल्ला अधिवेसन
बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेसन शनिवार बागलुङमा सम्पन्न भएको छ ।
अधिवेसनको उद्घाटन गर्दै युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले सरकारले ल्याउन लागेको निजामती ऐन कर्मचारीको हित विपरित भएको आरोप लगाए । साथै...
भूपि जयन्तीमा थाक पुस्तकालय सम्मानित
बगलुङ/८७ औं भूपि जयन्ती शनिवार बागलुङमा मनाइएको छ । धवलागिरि साहित्य प्रतिष्ठानको आयोजनामा जयन्ती मनाइएको हो ।
उक्त अबसरमा प्रतिष्ठानले मुस्ताङको भूपि स्मृति थाक पुस्तकालयलाई संस्थागत सम्मान गरेको छ । २५ हजार नगद सहित संस्थालाई...
खाद्य उद्योगी र खाद्य प्रविधिबीच छलफल
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योगीहरुसंग छलफल गरेको छ । खाद्यन्नलाई स्वच्छ र सफा राख्ने उदेश्यकका साथ कार्यालयले पोखरा औद्योगिक क्षेत्रमा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि गोष्ठी सम्पन्न गरेको हो ।
उक्त...