बागलुङ/धमाधम विकासका कामहरु सम्पन्न भइ हस्तान्तरण गर्नुपर्नेमा गौरवको आयोजना कालीगण्डकी करिडोरको मालढुंगा बलेवा खण्ड अझै अलपत्र छ ।
ठेकेदारले कहिले बजेट अभाव, कहिले प्रतिकुल मौषम, कहिले महंगी त कहिले महामारी देखाएर म्याद थपेर काम रोकेका...
रायडाँडा जोड्ने सडकको भकुण्डे खण्डमा कालोपत्र
बागलुङ/भौगोलिक विकटका कारण बागलुङ नगरपालिकाको विशेष क्षेत्रमा सूचीकृत वडा नं. ११ को रायडाडाँलाई जोड्ने डोठेआहाल–रामतोला–कुश्मी सडकको भकुण्डे खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ ।
यो सडकको ट्याक खुलेको २४ वर्षपछि बागलुङ नगरपालिका वडा नं. १०...
पर्वत उद्योग वाणिज्य सङ्घको ४३ औँ साधारण सभा सम्पन्न
पर्वत/पर्वत उद्योग वाणिज्य सङ्घको ४३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गत शनिवार सङ्घको सभा हलमा आयोजना भएको साधारण सभामा एक वर्षको अवधिमा सङ्घले गरेका कार्यक्रमहरू पारित भएका छन् । यस वर्ष सङ्घ...
देवघाटधामको पहिचान र संस्कृति समेटिएको स्थानीय पाठ्यक्रम लागु
तनहुँ/ देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ । पालिकाको पहिचान, संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले आधारभूत तह (कक्षा १–५ र ६–८) का लागि ‘हाम्रो देवघाट’...
पोउवा संघद्वारा भट्टराईलाई बधाइ र शुभकामना
पोखरा/ पोखरा उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य हीरा भट्टराईलाई सोमबार बधाइ ज्ञापनसहित कार्यकालको सफलताको कामना गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघकी पूर्वउपमहासचिव तथा हाल साधारण सदस्य रहेकी भट्टराई यही...
गुप्तेश्वर महादेव वहुमुखी क्याम्पसमा– शर्मा
पोखरा/ गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ज्ञानराज शर्मा निर्वाचित भएका छन् । क्याम्पसको १६ औं साधारण सभा एवम् छैटौ अधिवेशनले शर्मालाई निर्वाचित गरेको हो ।
क्याम्पस सञ्चालक समितिको सदस्यहरुमा नारायण बराल, कृष्णप्रसाद लम्साल,...
मगर खाम भाषा प्रशिक्षक प्रशिक्षण तालिम
म्याग्दी/ मगरहरुको जनसंख्या उल्लेख्य रहेको हिमाली जिल्ला म्याग्दीको एक स्थानीयतहले मगर खाम भाषा पठनपाठन गराउनका लागि प्रशिक्षक प्रशिक्षण शुरु गरेको छ ।
नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिले बेनीमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको...
किसानलाई खरायोका बच्चा सहयोग
तनहुँ/ र्याबिट कन्र्सन नेपालको सहयोगमा यहाँका ११ किसानलाई आइतबार तीनवटाका दरले ३३ वटा खरायोका बच्चा सहयोग गरिएको छ ।
कन्र्सनकी निर्देशक पूजा पौडेलले वडाध्यक्ष वसन्तबहादुर आलेलाई केजसहित क्यालिफोर्निया जातको खरायोका बच्चा हस्तान्तरण गरिन् । खरायो...
म्याग्दीका दुई पालिका पूर्ण खोप सुनिश्चित घोषणा
म्याग्दी/जिल्लाका छमध्ये दुई वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरेका छन् । अन्य चार वटा स्थानीय तह पनि अन्तिम तयारीमा रहेका छन् ।
सदरमुकाम समेत रहेको बेनी नगरपालिका र मंगला गाउँपालिका...
म्याग्दे गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिकाले ९६ जना श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । गाउँपालिकाको लक्ष्यअनुरूप अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक अवस्था सबल बनाउन गाउँपालिकाले दुई चरणमा गरी ती श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको हो ।
चालु...