शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

घरेलु मैदानमै हार्‍यो रियल मड्रिड

घरेलु मैदानमै हार्‍यो रियल मड्रिड


  • Dhorpatan News
  • फाल्गुन ६ २०७५, सोमबार

पोखरा, ६ फागुन – स्पेनिस ला-लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा दोश्रो स्थानको रियल मड्रिडले आफ्नै घरेलु मैदानमा जिरोनासँग हार व्यहाेरेकाे छ। पहिलो हाफमा १–० ले अगाडि रहेको रियलले दोश्रो हाफमा २ गोल खाएको हो। यो सँगै उसले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी छोट्याउने मौकासमेत गुमाएको छ। रियलका लागि पहिलो हाफको २५ औं मिनेटमा कासिमिरोले गोल गरे। उनलाई टोनी क्रुसले पास मिलाइदिएका थिए। तर, रियलको अग्रता खेलको ६५ औं मिनेटमा गएर टुंगिएको थियो।
जिरोनाका लागि क्रिस्टियन स्टुआनीले गोल गरेसँगै खेल बराबरीमा आएको थियो। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। खेलको ७५ औं मिनेटमा रियलले अर्को गोल खायो। उक्त गोल नै रियलको हारको कारण बन्यो। जिरोनाका पोर्टुले गोल गरेसँगै जिरोनाले खेलमा अग्रता बनायो। उक्त अग्रता नै खेलको परिणाम बन्यो। खेल सकिन एक मिनेट बाँकी छँदा रियलका रक्षापंक्तिका खेलाडी सर्जियो रामोस रातो कार्ड खाँदै बाहिरिए। २४ खेलबाट ४५ अंक बनाएको रियल तेस्रो स्थानमा खुम्चिएको छ। शीर्ष स्थानको बार्सिलोनाले २४ खेल खेल्दै ५४ अंक बनाएको छ। अाइतबार बिहान सम्पन्न खेलमा शीर्ष स्थानको बार्सिलोनाले भालाडोलिडलाई १–० ले पराजित गरको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->