शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम माविलाई

‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम माविलाई


  • Dhorpatan News
  • फाल्गुन ६ २०७५, सोमबार

म्याग्दी, ६ फागुन – म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरि भिम माविले उपाधि चुम्न सफल भएको हो । यसैगरि प्रतियोगितामा ६ स्वर्ण हात पारेको केवि एकेडेमी बोडिङ स्कुल दरबाङ द्धितिय र ४ स्वर्ण लिएको जनप्रिय मावि दरबाङ्ग तृृतिय स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगितामा प्रथम हुन सफल भिम माविले ५० हजार रुपैयाँ, शिल्ड ,मेडल र प्रमाणपत्र,द्धितिय केवि एकेडेमीले २५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र तथा तृतिय भएको जनप्रिय माविले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारेको कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सन्तनाथ सुवेदीले जानकारी दिए । उनका अनुसार प्रथम भिम माविले एथलेटिक्स तर्फ आठ ,द्धितिय केवि एकेडेमी बोडिङ्गले एथलेटिक्समा पाँच र छात्र भलिबलमा एक स्वर्ण तथा तृतिय जनप्रिय माविले छात्ररछात्रा एथलेटिक्समा दुई र कवडीमा दुई गरि चार स्वर्ण प्राप्त गर्न सफल भएको हो ।
प्रतियोगितामा विजेता , उपविजेता र सान्त्वना विद्यालयलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले प्रतियोगिताले विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभाको पहिचान हुनुको साथै उनिहरुको शारिरिक,मानसिक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान गर्न सफल भएको बताए । तीन दिन सम्म संचालन भएको प्रतियोगितामा ७ वटै वडाका एघार विद्यालयल सहभागि मध्य प्रतियोगितामा किसानी मावि विम चार ,गौवम बस्त मावि देविस्थान चार ,अमरज्योति मावि डाडागाउँ दुई तथा ओखरबोट मावि ओखरबोटले एक स्वर्ण ल्याउन सफल भएका छन् भने सिदार्थ मावि च्युरिबोट ,राष्ट्रिय मावि रुम, दरबाङ्ग ईङ्गलिस बोर्डिङ्ग स्कुल दरबाङ्ग र निस्कोट मावि निस्कोट भने सम्पन्न आठ खेलमा स्वर्ण पदक बिहिन बनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->