शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालको चौथो जित

महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालको चौथो जित


  • Dhorpatan News
  • फाल्गुन १३ २०७५, सोमबार

पोखरा, १३ फागुन – थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले चौथो जित निकालेको छ। लिग अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराउँदै  तेस्रो स्थानमा उक्लिएको छ। थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीन २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर ७२ रनमा समेटियो। चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले ३ विकेट लिइन्। कविता कुँवरले १ विकेट हात पारिन्। चीनका लागि झाङ मेईले सर्वाधिक ३३ रन बनाउँदा सेन झुले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मध्यम प्रदर्शन गर्दै पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनायो । नेपालका लागि कालोल श्रेष्ठले १८ रनबनाउँदा सीता राना मगर ११ र बिन्दु रावलले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्। नेपालकी इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् ।
चीनकि वाङ मेङ र हान लिलीले समान २/२ विकेट लिईन्। यो जितसँगै नेपालले ५ खेलबाट ४ जितसहित ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। ५ खेलबाट शतप्रतिशत जित निकालेको थाइल्याण्ड १० अंकसहित शीर्ष स्थानमा यथावत छ। समान खेलबाट ४ जितसहित राम्रो रनरेटका आधारमा युएई दोस्रो स्थानमा छ। ग्लोबल छनोटमा पुग्न जारी प्रतियोगिताको शीर्ष स्थानमा रहन आवश्यक छ। तर नेपालले अब लगभग लगभग असम्भव जस्तै देखिएको छ। शीर्ष स्थानको थाईल्याण्डले अब अन्तिम खेलमा युएईबिरूद्ध फराकिलो हार र नेपालले अन्तिम खेलमा कुवेतमाथि फराकिलो जितको बिकल्प छैन। अघिल्लो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो। त्यस्तै आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो। पहिलो खेलमा मलेसियलाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्याण्डसँग फराकिलो अन्तरमा पराजित भएको थियो।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->