बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

अस्ट्रेलियासँग हारेको म्याचमा विराटले बनाए यस्तो कीर्तिमान

अस्ट्रेलियासँग हारेको म्याचमा विराटले बनाए यस्तो कीर्तिमान


  • Dhorpatan News
  • फाल्गुन १४ २०७५, मंगलबार

पोखरा, १४ फागुन  भारत भ्रमणमा रहेको अस्ट्रेलियासँग पहिलो टि-ट्वान्टी म्याचमा भारतिय कप्तान विराट कोटहलीले २४ रन जोडेपनि उनको यो स्कोरले अन्तराष्ट्रिय टि०२० क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। सो म्याच भारतले ३ विकेटले गुमाएको थियो। विशाखापट्टनममा खेलिएको यस म्याचमा कोहलीको रन १२ पुग्ने बित्तिकै उनी कुनै टिमका विरूद्ध सबैभन्दा बढि रन (५१२) बनाउने एकमात्र ब्याट्सम्यान बने। यसअघि उनले अस्टरेलियन टोलीविरूद्ध उनको रनको योगफल ४८८ थियो। अन्तराष्ट्रिय टि-‍२० क्रिकेटको प्रतिष्पर्धामा कुनै पनि टोली विरूद्ध सबैभन्दा बढि रन बनाउने मामिलामा कोहली पहिलो स्थानमा छन भने दोश्रो स्थानामा उनलाई न्यीजल्यान्डका माट्रिन गप्टिलले पछ्याएरहेका छन्। उनले पाकिस्तानविरूद्ध हालसम्म ४६३ रन बनाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->