सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अभियान सञ्चालन : गजुरेल

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अभियान सञ्चालन : गजुरेल


  • Dhorpatan News
  • चैत्र ८ २०७५, शुक्रबार

पोखरा, ८ चैत – नेकपा (क्रान्तिकारी माओवादी)को देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले विदेशी हस्तक्षेपको अन्त्य गरी राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अभियान सञ्चालन गरिने बताएका छन्। मोर्चाको गण्डकी प्रदेशको प्रथम सम्मेलनको शुक्रवार पोखरामा उद्घाटन गर्दै उनले वैदेशिक हस्तक्षेप रोक्ने र देश बचाउने अभियानमा सबै पक्षसँग कार्यगत एकता गरेर जान पार्टी तयार रहेको बताए।
गत फागुन ७ देखि २१ गतेसम्म काठमाडौं, पोखरा, कञ्चनपुर र काँकडभिट्टाबाट मेची महाकाली अभियान सञ्चालन गरी जनतालाई जागरुक बनाएको र यस्तै अभियान आगामी दिनमा पनि सञ्चालन गरिने उनले जानकारी दिए। नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्यसमेत रहेका नेता गजुरेलले देशमा भ्रष्टाचार संस्थागत हुँदै गएकामा चिन्ता व्यक्त गर्दै विगतमा हजार, लाखमा हुने गरेको भ्रष्टाचार अहिले हाकाहाकी करोड, अर्बमा हुने गरेको उल्लेख गरे।पार्टीका केन्द्रीय सदस्य अशोक लम्सालले स्वाधीन र आत्मर्निभर अर्थतन्त्रको विकास गरेर मात्र समाजवादी शासन व्यवस्था स्थापना हुने बताए। कार्यक्रममा पार्टी केन्द्रीय सदस्य नीलबहादुर पुन, पदमसुन्दर लिम्बू, राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष शङ्कर बराल, नेकपा मालेका केन्द्रीय सदस्य टेकनाथ भण्डारी, सम्मेलन आयोजक समितिका संयोजक केशबहादुर परियारले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->