शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

टि-२० क्रिकेट प्रतियोगिता : धौलागिरी क्रिकेट क्लबलाई उपाधि

टि-२० क्रिकेट प्रतियोगिता : धौलागिरी क्रिकेट क्लबलाई उपाधि


  • Dhorpatan News
  • चैत्र १० २०७५, आइतबार

बागलुङ, १० चैत – प्रथम धौलागिरी च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको उपाधि धौलागिरी क्रिकेट क्लबले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक धौलागिरी क्रिकेट क्लब (डिसिसी) ले पाङ क्रिकेट क्लब पर्वतलाई ६६ रनले पराजित गर्दै उपाधी उचालेको हो । धौलागिरी क्रिकेट क्लबले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पाङ १७ ओभर १ बलमा ९८ रन बनाएर अलआउट भएको थियो । पाङलाई सस्तैमा समेटने क्रममा धौलागिरी क्रिकेट क्लबका तेजेन्द्र घर्तीमगरले २ ओभरमा १७ रन दिएर २ विकेट तथा सन्देश खडकाले २ ओभर १ बलमा २० रन दिएर २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको धौलागिरी क्रिकेट क्लबले कप्तान दिपक कुवरको २१ बलमा ३४ रन, पासिङ पुनको २४ बलमा २८ रन र बिजय बिश्वकर्मको २४ बलमा २५ रनको मद्दतमा १ सय ६४ रन बनाएको थियो । पाङ क्रिकेट क्लबका हरि रिजालले ४ ओभरमा ३९ रन दिएर ३ बिकेट तथा इश्वर रेग्मीले ४ ओभरमा २५ रन दिएर १ विकेट लिए । १० बल १६ रन प्रहार गर्दै २ ओभरमा १७ रन दिएर २ विकेट लिएका धौलागिरी क्रिकेट क्लबका तेजेन्द्र घर्ती मगर म्यान अफ दि फाइनल भए ।
बिजेता बनेको धौलागिरी क्रिकेट क्लब बागलुङ लाई नगद तीस हजार संगै ट्रफी, मेड्ल र प्रमाणपत्र तथा उपविजेता पाङ क्रिकेट क्लब पर्वतलाई नगद १५ हजार ट्रफी, मेड्ल र प्रमाणपत्र जिल्ला खेलकुद बिकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियार, बाग्लुङ क्रिकेट बिकास समितिका अध्यक्ष बिष्णु आचार्य र मुख्य प्रायोजक क्यापिटल एब्रोड स्टडी सेन्टर पोखराका म्यानेजिङ्ग डिरेक्टर बिक्रम सापकोटाले प्रदान गरे । यस्तै प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका पाङ क्रिकेट क्लब पर्वतका कप्तान कमल रिजाल म्यान अफ दि सिरिज भए भने बागलुङ क्रिकेट क्लबका किसान खड्का बेस्ट ब्याट्सम्यान र सुवर्ण खड्का बेस्ट बलर बने ।
चैत ७ गते देखी बागलुङको बाङ्गैचौर खेलमैदानमा संचालन भएको प्रतियोगितामा धौलागिरीका १० टिमको सहभागीता रहेको थियो । धौलागिरी क्रिकेट क्लबका अध्यक्ष रामु खड्काको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार बितरण समारोहको सन्चालन रोशन कुवरले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->